
२७ जेठ, काठमाडौं । हेभी इक्यूपमेन्ट अपरेटरहरुले सवारी तथा यातायात व्यवस्थाको ८ औं संशोधन नियमावली तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन ।
नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सवारी तथा यातायात व्यवस्थाको ८ औं संशोधन नियमावली तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको हो ।
हेभी चालक अनुमति पत्र लिँदा २ वर्ष साना सवारी साधन चलाउनुपर्ने बाध्यकारी व्यवस्था हटाइएको सो संशोधित नियमावली कार्यान्वयनमा ढिलाई नगर्न सरकारसँग माग गर्नु परेको संघका सचिव रेशम डाँगीेले बताए ।
संघले हेभी इक्यूपमेन्ट अपरेटरलाई चालक अनुमतिपत्र उपलब्ध गराउँदा ऊसँग रहेको नेपाल हेभी इक्यूपमेन्ट अपरेटर संघको परिचय पत्र नै पर्याप्त हुने दावी पनि गरेको छ ।
सरकारले गत फागुन १४ गते दुई वर्ष साना सवारी साधन चलाउनुपर्ने बाध्यकारी व्यवस्था हटाएर सवारी तथा यातायात व्यवस्थाको ८ औं संशोधन नियमावली राजपत्रमार्फत् प्रकाशित गरेको थियो । सोही नियमावली कार्यान्वयनमा ढिलाई नगर्न सरकारलाई संघको आग्रह छ ।
प्रतिक्रिया 4