Comments Add Comment

प्रधानमन्त्री ओली ५ असारमा चीन जाने

३० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५ असारमा चीन भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले ओलीको चीन भ्रमणको औपचारिक जानकारी गराएको हो । भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । साथै नेपाल र चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

ओलीले बेइजिङमा नेपाल चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्नुका साथै ल्हासाको भ्रमण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment