+
+

जडिबुटीमा ट्रिपरको ठक्करबाट महिलाको मृत्यु, ट्रिपरमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३१ गते ५:३१

२९ जेठ, काठमाडौं । काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले आगजनी गरेपछि सडक अबरुद्ध भएको छ ।

ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार भक्तपुरबाट  काठमाडौं अाउँदै गरेको बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटर चालक रौतहट गौर घर भइ हाल काभ्रेको बनेपा बस्दै अाएकी २४ वर्षीय अस्मिता राजभण्डारीको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् ।

त्यस क्षेत्रमा वैकल्पिक रुटको प्रयोग गर्न ट्राफिकले सर्वसाधारणलाई सुझाव दिएको छ । हाल दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित ट्रक चालक प्रहरी प्रभाग, कोटेश्वरको नियन्त्रणमा रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?