+
+

प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड ५६ लाख

राजन दाहाल  राजन दाहाल
२०७५ असार १ गते १९:११


१ असार, हेटौंडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

प्रदेशसभामा शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ आयव्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुखले यसअघि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र मन्त्रालयबाट प्रदेश सभामा पेश भएको विनियोजदन विधेयकको सिद्धान्त र प्राथमिकतामा केन्द्रित भइ वजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलले बताए ।

कुल ३५ अर्व ६१ करोड ५६ लाख विनियोजन मध्ये चालुतर्फ १३ अर्व ८६ करोड २५ लाख ९१ हजार अर्थात ३८.९२ प्रतिशत र पूँजीगततर्फ २१ अर्व ७५ करोड ३० लाख ९ हजार अर्थात् ६१.०८ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानीकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, राजस्व बाँडफाँटबाट ८ अर्व ९९ करोड ६६ लाख २७ हजार, सशर्त अनुदानबाट प्राप्त १० अर्व ६१ करोड ५६ लाख र नगद मौज्दात ७० करोड गरी कुल ३५ अर्ब ६१ करोड ५६ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

सरकारले संघीय राज्य प्रणालीको मर्म र भावना बमोजिम स्थानीय तहलाई सबल र सुदृढ बनाउनको लागि अन्तर सरकारी हस्तान्तरणमार्फत एकसय १९ वटै स्थानीय तहमा विभिन्न अनुदानको शीर्षकमा पाँच अर्ब २८ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नेपाल सरकारले सशर्त अनुदानका रुपमा उपलब्ध गराएको १० अर्ब ६१ करोड ५६ लाख रुपैयाँलाई समेत आम्दानीको रुपमा लिएर सम्बन्धित मन्त्रालयहरुमार्फत खर्च गरिने गरी बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री ढुङ्गेलले बताए ।

प्रदेश नम्बर ३ को समृद्धिको आधारको रुपमा रहेको पूर्वाधार विकास, सामाजिक आर्थिक उनन्यन, पर्यटन, ऊर्जा र कृषिलाई उच्च प्राथमिकतामा राखी बजेट बिनियोजन गरिएको उनले बताए ।

बजेटले निर्दिष्ट गरेको योजना तथा कार्यक्रमहरु तेस्रो चौमासिकसम्म ७० प्रतिशत वित्तिय पूँजीगति हुने गरी सरकारले बजेट विनियोजन गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?