Comments Add Comment

‘विराङ्गना’मा शिल्पालाई बढी भूमिका दिइयो कि अनुपसँग चिट गरियो’ ?


असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विराङ्गना’को मुख्य भूमिकामा नायक अनुप विक्रम शाही र नायिका शिल्पा पोखरेल छन् । उनीहरु दुवैलाई दर्शकले चलचित्रमा सशस्त्र प्रहरीको भूमिकामा देख्नेछन् ।

तर, चलचित्रको प्रचारप्रसारमा भने अनुप देखिएका छैनन् । यसले विभिन्न खालका प्रश्न उब्जने नै भए । हुन त, अनुप अहिले अफर आएका सबै चलचित्रमा काम गर्दै आफूलाई व्यस्त बनाइरहेका छन् । चलेको बेला नै हो पैसा कमाउने भन्ने धुन उनमा पनि देखिन्छ ।

चलचित्रको हाइलाइटमा नायिका शिल्पा पोखरेल मात्र छिन् । निर्देशक राजबहादुर सानेकी मनपर्ने नायिका भएकाले शिल्पालाई धेरै भूमिका दिइएको भन्दै अनुप असन्तुष्ट रहेको बुझिएको छ ।

अनुपले भने चलचित्रको निर्माण यूनिटले आफूलाई चिट गरेको आरोप लगाए । चलचित्रको ७० प्रतिशत मात्र दृश्य खिचेर रिलिज हुन लागेको उनी बताउँछन् । निर्माणपक्षसँग पैसाको अभाव भएपछि पुरा कथा अनुसारको दृश्य नखिचिएको उनको दावी छ ।

अनुप र निर्माणपक्ष विचको यही लफडाका कारण उनी प्रचारमा नदेखिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment