+
+
Shares

गुन्डा नाइके गिरीले सम्पत्ति शुद्धिकरण मुद्दामा सफाइ पाए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ५ गते १८:५५

५ असार, काठमाडौं । गुन्डा नाइके अभिषेक गिरीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले सफाइ दिएको छ ।

मंगलबार अदालतका न्यायधिश बाबुराम रेग्नी, चण्डीराज ढकाल र नायणप्रसाद पोखरेलको संयुक्त इजलासले गिरीलाई सफाइ दिएको हो ।

यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ५ जेठ २०७० मा गिरीसहित अन्य ५ जना गुन्डा नाइकेविरुद्ध सम्पद्धि शुद्धिकरणको मुद्दा दायर गरेको थियो ।

त्यसमध्ये गुन्डा नाइकेहरु डन दीपक मनाङे उर्फ राजीव गुरुङ, पर्शुराम बस्नेत, चक्रे मिलन लगायतले यसअघि नै सफाइ पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?