Comments Add Comment

लागूऔषध दुरुपयोग र ओसारपसारविरुद्ध सप्ताहव्यापी अभियान सुरु

६ असार, काठमाडौं । गृह मन्त्रालयले लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापी अभियान चलाउँदै मनाउने भएको छ ।

जस अन्तरगत बुधबारबाट ‘स्वस्थ, सबल र समृद्ध नपालको प्रतिबद्धताः लागूऔषध अपराधविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित देशभर अभियान थालिएको हो ।

यो दिवस हरेक वर्षको २६ जुनमा मनाउने गरिन्छ । अभियानको अवसरमा सरोकारवालाहरुसँग समन्वय गरी ७७ वटै जिल्ला प्रशासनलाई सचेतनामूलक कार्यक्रम गर्न गृहले निर्देशन दिएको छ ।

गृहका अनुसार यो दिवसका अवसरमा कार्ययोजनासहित सचेतना अभियान, लागूऔषध नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा र परिमार्जन सम्बन्धमा छलफल, गाँजा र अफिम खेतीको फडानी, प्रभातफेरीसहित २६ वटा कार्यक्रमहरु सञ्चालन गर्ने तयारी छ ।

हाल नेपालमा १ लाख ५० हजार बढी लागूओषध प्रयोगकर्ता रहेको गृहको अनुमान छ । यो संख्या वर्षेनि ११.३६ प्रतिशतका दरले बढिरहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment