Comments Add Comment

मुआब्जा दिने सहमतिपछि भैरहवा विमानस्थलमा स्थानीयको आन्दोलन फिर्ता

६ असार, बुटवल । जग्गाधनीहरुलाई तत्काल मुआब्जा बाँड्ने सहमतिपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्दै भएको स्थानीयको आन्दोलन फिर्ता भएको छ ।

मुआब्जा वितरणमा ढिलाइ भएको भन्दै स्थानीयले सोमबारदेखि विमानस्थलमा धर्ना दिंदै निर्माण कार्यमा अवरोध गरेका थिए ।

स्थानीयको आन्दोलनपछि विमानस्थल निर्माण आयोजनाका प्रमुख ओम शर्मा स्थानीयको धर्नास्थलमै पुगेर बिहीबारदेखि २ अर्ब रुपैयाँ वितरण गर्ने र बांकी ३ अर्ब रुपैयाँ तीन पछि वितरण गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।

आयोजनाका प्रमुख ओम शर्माका अनुसार करिब २३ अर्ब मुआब्जा रकम वितरण गर्नुपर्ने हालसम्म ६ अर्ब रुपैयाँ मात्र मुआब्जा वितरण भएको छ । आयोजनाका अनुसार जग्गा अधिग्रहणमा परेका करिब २ हजार ३ सय परिवारमध्ये हालसम्म करिब ८ सय जनालाई मुआब्जा वितरण गरिएको छ ।

हाल विमानस्थल निर्माणको काम द्रुत गतिमा भइरहेको र करिब ५० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment