+
+
Shares

रवि लामिछानेले अढार्इ लाख दस्तुरसहित अमेरिकी दूतावासमा निवेदन बुझाए

प्रेस काउन्सिलले भन्यो- पेशागत मर्यादामा ध्यान दिनू

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ७ गते १७:४१

७ असार, काठमाडौं । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट परित्यागका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दर्ता गराएका छन् ।

लामिछानेले गैरकानूनी ढंगले काम गरिरहेको पत्र अध्यागमन विभागले प्रेस काउन्सिललाई पठाएको २४ घण्टा नबित्दै लामिछानेले बुधबार अमेरिकी दूताबासमा पासपोर्ट र नागरिकता त्यागसम्बन्धी आवेदन बुझाएको जानकारी अध्यागमन विभागलाई दिएको प्रेस काउन्सिलका सह-प्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिए ।

लामिछानेविरुद्ध परेका उजुरीको छानविनका क्रममा गत चैत २३ गते प्रेस काउन्सिलले लामिछानेलाई स्पष्टीकरणसोधेको थियो । स्पष्टीकरणको जवाफमा लामिछानेले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको दाबीसहित प्रेस काउन्सिललाई बैशाख ६ गते लिखित जवाफ बुझएका थिए । तर, लामिछानेको दाबी झूठो रहेको पत्र अध्यागमन विभाग र श्रम विभागले प्रेस काउन्सिललाई बुझाएपछि बुधबार लामिछानेले अमेरिकी दूताबासमा नागरिकता त्यागको निवदेन दिएको जानकारी अध्यागमनलाई गराएका हुन् ।

गृहमन्त्रालय स्रोतका अनुसार लामिछानेले अमेरिकी दूताबासमा २ लाख ५८ हजार ५ सय रुपैयाँ दस्तुरसहित अमेरिकी नागरिकता र पासपोर्ट परित्यागको निवेदन दर्ता गराएका छन् ।

अब मर्यादामा रहेर कामू गर्नु – काउन्सिल

अमेरिकी नागरिकता र पासपोर्ट परित्यागको निवेदन दिएपछि प्रेस काउन्सिलले अब लामिछानेलाई पेशागत मर्यादामा रहेर काम गर्न निर्देशन दिएको छ ।

विहीबार प्रेस काउन्सिलबाट जारी सार्वजनिक महत्वको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘नेपालमै रही सञ्चारसम्वद्ध पेशा व्यवसायमा संलग्न हुने उहाँको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपाल उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पुर्‍याउन निर्देशित गर्दछ ।’

प्रेस काउन्सिलले तथ्यसहितको तर्कविना कुनै पनि खालका सतही टीका-टिप्पणी नगर्न/नगराउन समेत आग्रह गरेको छ ।

नेपाली नागरिकता पुनः प्राप्तिको ढोका खुल्यो

अमेरिकी नागरिकता परित्याग गर्ने निवदेन दिएसँगै अब रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गर्ने बाटो खुलेको छ ।

नागरिकता ऐन २०६३ को दफा ११ मा ‘पुनः नेपाली नागरिकता कायम हुने’ शीर्षकमा भनिएको छ- ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।’

ऐन अनुसार लामिछानेले पुन नेपाली नागरिकता लिइरहनुपर्दैन, अमेरिकाको नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासनमा बुझाउनासाथ उनको बंशजको नागरिकता पुनः कायम हुनेछ ।

यो पनि पढ्नुहोस्

रवि लामिछानेले अब जुत्ता पालिस गर्छन् कि प्रेसपास लिन्छन् ?

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?