+
+
Shares

रुपन्देहीमा महिलाको शंकास्पद मृत्यु, दाइजो निहुँमा हत्या भएको माइतीपक्षको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ७ गते १८:१८


७ असार, बुटवल । रुपन्देहीको सिद्धार्थनगरमा एक महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छन् ।

घरमै पासो लगाएको अवस्थामा सिद्धार्थनगर नगरपालिका ६ गल्ला भण्डारमा २४ वषर्ीय अप्सना खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । घटना शंकास्पद भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

माइती पक्षले भने श्रीमान र परिवारका सदस्यको कुटपिटबाट मृत्यु भएको बताएका छन् । अप्सनाका श्रीमान अफ्रोज आलमको परिवारकै योजनामा अप्सनाको हत्या भएको माइतीपक्षको आरोप छ । यसअघि आलम परिवारले दाइजो र मोटरसाइकल नपाएको भन्दै यातना दिँदै आएको अप्सनाका काका उस्मान अलीले बताए ।

उनीहरुले घटनाबारे सत्यतथ्य छानबिन गरी चाडै सार्वजनिक गर्न प्रहरीलाई आग्रह गरेका छन्

पोष्टमार्टमको लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आएका मृतकका भाइ जाकिर अलिले ईद मनाउन माइत आउदासमेत दिदी घर फर्कन नमानेको बताए । ‘हामीले सम्झाएर घर फर्कायौं तर दिदीलाई सबै मिलेर मारे’ उनले भने ।

मृतकका काका उस्मान अलीले विहेको २ महिनापछि पति आलमले मोटरसाइकलको माग गरेर छोरीलाई दुख दिएको बताए । ‘सबै परिवार मिलेर कुटपिट गरी हाम्री छोरीलाई मारेका छन्,हामीले सत्यतथ्य छानबिन नगरी शब बुझ्दैनौं’ काका उस्मानलेे भने ।

बुधबार दिउँसो पंखामा झुण्डिएरको परिवारले दाबी गरे पनि खातुनलाई मारेर झुण्डाइएको उनीहरुको आरोप छ ।

यसअघि गत बिहीबार पनि श्रीमानले मार्ने धम्की दिएपछि खातुनले प्रहरीलाई खबर गरेकी थिइन् ।

ईद मनाउन माईत आएकी मृतक खातुनले आमाबुबालाई मलाई धेरै दुख दिएको गुनासो गरेको र दाइजो मागिरहेको गुनासो गरेको माइतीपक्षको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्न माइती पक्ष गए पनि दर्ता नभएको काका उस्मानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?