Comments Add Comment

जंगली जनावरलार्इ थापेको धरापमा मान्छे परेपछि…

९ असार, दाङ । जंगली जनावरलाई थापेको भरुवा बन्दुकको धरापमा परेर दाङमा दुर्इ जना घाइते भएका छन् ।

घाइते हुनेमा दंगीशरण गाउँपालिका–१ का २० वर्षीय कृष्णबहादुर घर्ती र २३ वर्षीय भिमबहादुर घर्ती छन् ।

स्थानीय भालुखोलास्थित सामुदायिक बनमा शुक्रबार राति आफ्ना हराएका गाई बस्तु खोज्न गएको अवस्थामा अपरिचित व्यक्तिहरुले जंगली जनावरलाई थापेको भरुवा बन्दुकको धरापमा परेर उनीहरू घाइते भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार  उनीहरुलाई उपचारको लागि राप्ती अञ्चल अस्पताल, तुल्सीपुरमा पठाइएको छ ।

घटनास्थलबाट प्रहरीले एउटा एकनाले भरुवा बन्दुक बरामद गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment