Comments Add Comment

प्रहरी बनेर झुक्याई महिलाको बलात्कार, एक जना पक्राउ

सा‌ंकेतिक फोटो

१२, असार, चितवन । चितवनमा प्रहरी बनेर आएका दुई युवकबाट एक महिला बलात्कृत भएकी छन् ।

घुमुवा प्रहरी बनेर राति घरमा आएका दुई युवकले श्रीमानलाई कुटपीट गरी श्रीमतीलाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पदमपुरकी एक महिलालाई दुई युवकले थाङखोलाको जंगलमा बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

गएको बुधवार राति ती महिलाको घरमा पुगेका दुई युवकले आफूहरु घुमुवा प्रहरी भएको र एउटा घटनाको अनुसन्धानको सिलसिलामा लिन आएको भन्दै महिलाको श्रीम्ानलाई घरबाट लिएर गएका थिए ।

उनीहरुले पीडितको श्रीमानलाई कुटपिट गरेर बाटोमा नै छाडी पुनः घरमा गएर श्रीमतीसँग ‘तेरो श्रीमान भाग्यो अब तँ हामीसँग इलाका प्रहरी कार्यालय टाँडी जानुपर्छ’ भन्दै ती महिलालाई मोटरसाइकलमा राखेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरी निरीक्षक भट्टका अनुसार ती युवाहरुले महिलालाई जंगलमा लगेर बलात्कार गरेका थिए । पीडितको उजुरीको आधारमा प्रहरीले कालिका नगरपालिका ३ बस्ने २३ बर्षीय प्रितम थिङलाई पक्राउ गरेको छ भने अर्का युवक फरार रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

फरार युवकको खोजी भइरहेको र पक्राउ परेकालाई जबरजस्ती करणीको मुद्धा दर्ता गरी अनुसन्धान सुरुगरिएको खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment