Comments Add Comment

अब्बल बन्दै किसानी कृषि प्राविधिक शिक्षालय

१३ असार, विराटनगर । मोरङको जदाहा गाउँपालिकामा संचालित किसानी कृषि प्राविधिक शिक्षालय कृषि शिक्षाका लागि अब्बल देखिएको छ ।

सरकारी विधालयबाट एसएलसी उत्तीर्ण विद्यार्थीलाई मात्र भर्ना लिने शिक्षालय विद्यार्थीहरुका लागि आकर्षणको केन्द्र बनेको छ ।

शिक्षालयमा जुनसुकै तहको अध्ययनका लागि गरीब,जेहन्दार विद्यार्थी मात्र भर्ना हुन पाउने ब्यवस्था छ ।

०५८ सालबाट सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी संचालन हुँदै आएको शिक्षालयमा प्रदेश १ सहितका मुलुक भरीका विद्यार्थी अध्ययनका लागि आएका छन् ।

शिक्षालयमा नर्सिङ, कृषि विज्ञान, आर्योबेदिक सहायक र पशु विज्ञानका तहको पढाइ संचालन भएको हुँदै आएको छ ।

सरकारले भूकम्प प्रभावित १४ जिल्लाका ४० विद्यार्थीलाई पूर्ण निःशुल्क रुपमा स्टाप नर्सको पढाइपनि सोही शिक्षालयमा गरिरहेका छन ।

कृष्णप्रसाद कोइराला सेवा गुठी तथा सिटिइभिटीबाट सञ्चालित शैलाजा आर्चाय स्मृति पोलिटेक्नीकलमा पूर्ण,आशिंक र सहुलियत छात्रवृत्ति माध्यमबाट ४४० बढी विद्यार्थी विभिन्न तहमा अध्ययनरत रहेका छन् ।

शिक्षालयका प्रधानाध्यापक सन्त अधिकारीका अनुसार १ विघा क्षेत्रफलमा फैलिएको शिक्षालय क्षेत्र फैलिएको छ ।

त्यसवाहेक २ विघा क्षेत्रफलममा कृषि विज्ञानका लागि प्रयोगात्कमअभ्यास फिल्ड रहेका छ ।

प्रधानाध्यापक अधिकारीले ०५९ सालमा आयोर्वेद विज्ञानबाट पठनपाठन शुरु गरेका शिक्षलायमा ०६६ सालकाट नसिर्ंङको पठन पाठनको शुरुआत भएको थियो ।

०७० सालबाट सो शिक्षालयमा डिप्लोमा कृषि विज्ञानको पठनपाठन शुरु भएको थियो । शिक्षालयमा नसिर्ंङ अहिले अनमी, स्टाप नर्स, विषेश स्टाप नर्सको पठाइ हुँदै आएको छ ।

नेपाल सरकारले २ करोड ५२ लाख वार्षिक वजेट प्रदान गर्दै आएको शिक्षालयमा सिटिईभीटिले वाषिर्क ४० लाख रुपैयाँ प्रदान गर्दै आएको छ ।

त्यसैगरी विद्यार्थी शुल्क मार्फत वाषिर्क २ करोड १२ लाख रुपैयाँ उठने सो शिक्षालयलाई प्रदेश १ स्तारीय प्राविधिक र व्यवसायीक शिक्षालयको रुपमा बिकास गर्नु पर्ने प्रधानाध्यापक अधिकारीले बताए ।

उनले भने, ‘प्रदेश १ मा प्राविधिक र व्यवसायीक शिक्षा प्रदान गर्ने शिक्षालयका रुपमा हामी सबैभन्दा अघि छौ, त्यसैले प्रदेश सरकारले अब यो शिक्षालयलाई बिषेश रुपमा हेरेर प्रादेशिक प्राविधिक र व्यवसायीक शिक्षालयको रुपमा बिकास गर्नु गर्न आवश्यक छ।’

शिक्षालयले एक शैक्षिक सत्रका लागि जेटिए तर्फ ३८,पशु स्वास्थ्य विज्ञान तर्फ ३५,डिप्लोमा एण्ड एग्रीकल्चर तर्फ १२० नसिंङ तर्फ १२० र आयोर्वेदिक सहायकमा ३८ जना विद्यार्थीलाई भर्ना लिने गरेको छ ।

हालसम्म अनमी तर्फबाट १५ सय ६०, स्टाप नर्स २ सय जना, कृषि जेटिए १ हजार,आयुर्वेदमा ५ सय जना जनशक्ति उत्पादन भइसकेको शिक्षलायले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment