+
+
Shares

बच्चाको डाइपरसँगै अष्ट्रेलिया छिर्‍यो खतरनाक भारतीय किरा

समाचार अनुसार भारत लगायत दक्षिण एसियाली क्षेत्रमा पाइने खापरा किराको लार्भा अष्ट्रेलियामा पुगेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियामा आयातित डाइपरमा दक्षिण एसियाली खापरा किराको लार्भा फेला परेको छ, जसले खाद्यान्न उद्योगमा ठूलो क्षति पुर्‍याउन सक्छ।
  • अष्ट्रेलियाको कृषि मन्त्रालयले किराको फैलावट रोक्न डेढ करोड डलरको कार्ययोजना अघि बढाएको छ।
  • खापरा किराले अन्न, दलहन, तेलहन र ड्राइफूडमा आक्रमण गरी भण्डारित खाद्यान्न नष्ट गर्ने बताइएको छ।

काठमाडौं । अष्ट्रेलियामा एउटा ठूलो खतरा सार्वजनिक भएको छ । त्यहाँका सुपरमार्केटहरुमा बिक्री हुने आयातित डाइपरमा निकै हानिकारक किरा फेला परेको छ ।

समाचार अनुसार भारत लगायत दक्षिण एसियाली क्षेत्रमा पाइने खापरा किराको लार्भा अष्ट्रेलियामा पुगेको हो ।

खापरा किराले भण्डारण गरिएका अन्नमा ठूलो नोक्सानी पूराउने गर्दछ । यो किराले अष्ट्रेलियाको १८ अर्ब डलरको खाद्यान्न उद्योगमा व्यापक क्षति पूराउन सक्ने बताइएको छ ।

अष्ट्रेलियाको कृषि मन्त्रालयका अनुसार डाइपर लोड गरिएका कन्टेनरमा लुकेर उक्त किराको लार्भा अष्ट्रेलिया छिरेको हो ।

खापरा बीटल एउटा सानो आकारको खैरो किरा हो । यो ०.७ मिलिमिटर लामो र ०.२५ मिलिमिटर चौडा हुन्छ । यसको लार्भाको लम्बाई ४.५ मिलिमिटर लामो तथा सुनौलो–खैरो रङको हुन्छ । यसको शरीरमा रौँ हुन्छन् ।

यो किराले भण्डार गरिएका अन्नसँगै दलहन, तेलहन र ड्राइफूडमा पनि आक्रमण गर्दछ । यसको आक्रमणबाट भण्डारित खाद्यान्न नष्ट हुन्छ ।

अष्ट्रेलियामा यो किरा अहिलेसम्म फैलिसकेको भने छैन । तर यदि फैलिएको खण्डले यसले अष्ट्रेलियाको खाद्यान्न भण्डारलाई तहसनहस पारिदिनेछ । अष्ट्रेलिया विश्वकै ठूलो गहुँ तथा जौँको निर्यातकर्ता मुलुक हो । त्यहाँको कृषि मन्त्रालयले यस किरालाई मुलुकको खाद्यान्न क्षेत्रको सबैभन्दा ठूलो खतराको रुपमा लिएको छ ।

अष्ट्रेलियाले यो किराको फैलावट रोक्नका लागि डेढ करोड डलरको कार्ययोजना अघि बढाएको छ ।

डाइपरमा कसरी आयो किरा ?

सेप्टेम्बर ७ का दिन न्यू साउथ वेल्समा आयातित डाइपरमा सो किराको लार्भा फेला परेको खबर आयो । सो डाइपर लिटिल वन ब्राण्डको हो, जुन अष्ट्रेलियाको सबैभन्दा ठूलो सुपरमार्केट चेन वूलवथ्र्समा बिक्री हुन्छ । यसलाई बेल्जियमको अन्टेक्स कम्पनीबाट आयत गरिएको थियो ।

एउटा कन्टेनरबाट आयात गरिएका २ हजार कार्टुनमध्ये १५ सयवटा ट्रयाक गरिसकिएको र केही बजारमा पुगिसकेको अष्ट्रेलियाका कृषि मन्त्रीले बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?