+
+
Shares

अन्नपूर्ण जहाजको व्यवसायिक उडान साउन १६ देखि

पर्यटनमन्त्रीले दिए सफल उडानको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १४ गते ११:०६

१४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलो पटक भित्र्याएको वाइडबडी जहाज (अन्नपूर्ण) ले आगामी अगस्ट १ अर्थात साउन १६ गतेदेखि सेवा सुरु गर्ने भएको छ ।

पर्यटनमन्त्री मन्त्री रविन्द्र अधिकारीले आगामी अगस्ट १ देखि नयाँ जहाजको व्यवसायिक उडान सुरु हुने जानकारी दिएका हुन् ।

निगमले किनेको राष्ट्रिय ध्वजावाहक ए ३३० जहाज बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो क्षणलाई मन्त्री अधिकारीले खुसीको समय भनेका छन् ।

नयाँ जहाजको तस्वीरसमेत राखेर उनले टि्वटरमा लेखेका छन्, ‘राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको एअरबस ३३० आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । नयाँ जहाज आउनु हामी सबैको लागि खुसीको समय हो ।’

उनले अन्नपूर्ण नाम राखिएको नयाँ जहाजको सफल उडानको शुभकामना पनि दिएका छन् ।

उनका अनुसार आउँदो महिना थप अर्को वाइडबडी जहाज पनि नेपाल आइपुग्ने छ । निगमले दुई वटा वाइडबडी जहाज किन्ने निर्णय गरेअनुसार पहिलो जहाज बिहीबार आइपुगेको हो । निगमले बोइङमार्फत् अन्तर्राष्ट्रिय उडान यसअघि पनि गर्दै आए पनि वाइडबडी जहाज भने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?