Comments Add Comment

‘सञ्जु’को लागि रणवीर कपुरले कसरी घटाए १० किलो तौल ?

आज सुक्रवारदेखी प्रतिक्षित फिल्म ‘सञ्जु’ सार्वजनिक भएको छ । यो फिल्म अभिनेता संजय दत्तको जीवनमा आधारित छ । फिल्ममा सञ्जय दत्तको भूमिकामा देखिएका छन्, रणवीर कपुर ।

फिल्मको ट्रेलरमा देखिसकेका छौ, रणवीरले दुरुस्तै संजय दत्तको आवरणमा आफुलाई उतारेका छन् । तर, यसरी संजय दत्त बन्नका लागि रणवीरलाई सजिलो भने भएन । उनले नै भनेका छन् कि, उनी धेरै पटक निरास भएका थिए । फेरी फिल्म ‘जग्गा जासूस’का लागि शरीरलाई छरितो बनाएका उनले संजय दत्त बन्न शारीरिक रुपमा पनि आफुलाई परिवर्तन गर्नुपरेको थियो । यसका लागि उनलाई सेलिब्रेटी फिटनेस ट्रेनर कुनाल गिरले सहयोग गरेका थिए ।

कसरी बढाए त उनले तौल ?

१. सेलिब्रेटी फिटनेस ट्रेनर कुनाल गिरका अनुसार रणबीरले सञ्जय दत्त जस्तै देखिनका लागि अपर बडी वर्कआउटमा एकदमै बढी ध्यान दिए । यसमा मशल्स एक्सरसाइजको अहंम भूमिका हुन्छ । सबैभन्दा महत्वपूर्ण त, फ्याट बढ्न दिइएन ।

२. धेरैजसो वर्कआउट मसल्सलाई टोन गर्नमा केन्दि्रत थियो । यसैले रणवीर राती तीन पटक उठेर प्रोटिन शेक पिउँथे र दोस्रो पटक सुत्थे । फेरी बिहान करिब डेढ घण्टाको वर्कआउट सेसन हुन्थ्यो ।

३. यस क्रममा रणबीरले डाइट एकदमै सर्तकताका साथ पालना गरे । त्यसमा धेरैजसो हरियो सब्जी हुन्थ्यो । डाइटमा केवल कार्बोहाइड्रेट र प्रोटिन लिनुपर्ने हुन्थ्यो । साथै दिनमा एक किसिमको खाना दुई पटक खान मनाही गरिएको थियो ।

४. कुनाले गिरका अनुसार रणबीरलाई तयार गर्नका लागि करिब ८ महिना लाग्यो । यस क्रममा धेरैजसो खाना मैकडैमिया आयलमा बनाइएको हुन्थ्यो, जो विशेषत दक्षिण अपि|mकाबाट मगाइएको हुन्थ्यो । यो ओलिभ र केनोला आयलको तुलनामा बढी हेल्दी र टेस्टी हुन्छ ।

५. यस फिल्मको खास कुरा त संजय दत्त किशोरवयमा कस्तो थियो भनेर देखाउनका लागि रणवीरले पहिले १० किलो तौल घटाए । त्यसपछि फेरी क्रमस १८ केजी तौल बढाए । तौल बढाउने क्रममा कुनाल गिरको योजना अनुसार दिनमा आठ पटक डाइट मिल प्लान गर्थे ।

कम समयमा तौल घटाउन वा बढाउनु दुबै खतरनाक

तौल बढाउने समयमा कुन कुरामा ध्यान दिनुपर्छ ?

पहिला त यो तय गर्नुहोस् कि, बडी बिल्ड गर्ने हो वा केवल तौल बढाउने मात्र हो । दुबैमध्ये बडी बिल्ड गर्नु राम्रो विकल्प हो । बडी बिल्ड गर्नु भनेको मसल मास बढाउनु हो । यसले शरीरलाई केही हानी गर्दैन । यसका लागि आइसोमेटि्रक एक्सरसाइज र वेट ट्रेनिङ वर्कआउट आफ्नो रुटीनमा सामेल गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा के भने, यस क्रममा चिकित्सकको परामर्शपछि सप्लिमेन्ट लिनुपर्छ ।

तौल बढाउन कति समय लाग्छ ?

यो समय हरेक शरीरका लागि अलग अलग हुन्छ तर, तौल बढाउनका लागि कम्तीमा ६ महिनाको समय दिनुपर्छ । यो यसकारण आवश्यक छ कि, शारीरिक परिवर्तनलाई शरीरले स्विकार गर्न सकोस् । केही यस्तो पिल्स पनि छ, जसले तौल बढाउँछ । तर, यस्तो पिल्स सेवन नगरौं ।

कम समयमा तौल बढाउँदाको साइड इफेक्ट के हुन्छ ?

यस्ता व्यक्ति जो चिकित्सकको सल्लाह विना तौल बढाउन चाहन्छन् भने उनीहरुमा समस्या आउनसक्छ । जस्तो कि जोर्नीमा अधिक असर परेर ड्यामेज हुने खतरा हुन्छ । कोलोस्टोर बढ्न सक्छ । हर्मोनल असन्तुलन हुन सक्छ ।

तौल बढाउनका लागि आदर्श स्थिती के हो ?

दुई कुरा सबैभन्दा बढी जरुरी छ । पहिलो, बडीको बइएमआई कति छ, दोस्रो कति क्यालोरी लिनुपर्छ ? यसमा ध्यान दिनुपर्छ । यो किनपनि जरुरी छ भने आवश्यक्ताभन्दा बढी क्यालोरी लिदा बडी बिल्ड हुनुको बदला तौल अधिक बढ्ने समस्याको सामना गर्नुपर्ने हुन्छ ।

तौल घटाउने समय कुन कुरा ध्यान दिनुपर्छ ?

सधै तौल घटाउने समय ६ महिना वा १२ महिनाको लक्ष्य बनाउनुपर्छ । हरेक महिना दुई देखि तीन किलो तौल घटाउनु राम्रो हो । तिब्र रुपमा तौल घटाउँदा कमजोरी वा थकान लाग्नसक्छ । सबैभन्दा महत्वपूर्ण कुरा के भने, त्यस क्रममा क्यालोरी लिन र त्यसलाई बर्न गर्ने कम्बिनेसन मिलाउनु आवश्यक छ ।

तौल घटाउने आदर्श स्थिती के हो ?

तौल कम गर्ने आदर्श स्थिती ७०ः३० को अनुपात मानिन्छ । यसमा ७० प्रतिशत डाइटबाट र ३० प्रतिशत वर्कआउटबाट वेट लस गरिन्छ । यस क्रममा भोको रहनु हुँदैन । तर, डाइटमा लो क्यालोरीयुक्त चिज लिनुपर्छ । पातलो देखिने होइन, बरु फिट रहने कुरामा जोड दिनुपर्छ ।\

छोटो सयमा तौल घटाउँदा के असर हुनसक्छ ?

कम समयमा धेरै तौल घटाउनका लागि धेरै मान्छेले खानपान छाड्छन् । खासगरी ब्रेकफास्ट लिदैनन् । यस्तो अवस्थामा थकान, कमजोरी अनुभव हुन्छ । काम गर्ने क्षमता घट्छ र मिर्गौंलासँग सम्बन्धित रोग लाग्छ सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment