Comments Add Comment

यी हुन् रामयणका नाम नसुनिएका तर रोचक पात्र

रामायणका एक पात्र हुन् अंगद ? अंगद रावणमाथि आक्रमण गर्न गएका रामको सेनाका महत्वपूर्ण योद्धा थिए । उनी वानरराज बालि एवं अप्सरा ताराका छोरा एवं सुग्रीवका भतिजा हुन् ।

लंकाको युद्ध सुरु हुनै लाग्दा रामले अंगदलाई दूत बनाएर रावणकहाँ पठाएका थिए । त्यहाँ रावणले अंगदको अपमान गरे । अंगदले पनि आफ्नो शक्तिको परिचय दिएर रावणलाई उपदेश दिए र पुनः रामको शिविरमा फर्के । अब प्रश्न उठ्न सक्छ, अंगदलाई यत्रो शक्ति आयोचाहिँ कहाँबाट ? एक से एक बलवान् राक्षस एवं असुरहरूले उनको गोडा हटाउन त के हल्लाउनसम्म पनि सकेनन् ।

खासमा हनुमान, जाम्बवान एवं अंगद तीनैजना प्राणविद्यामा पारंगत थिए । यही प्राण विद्याको बलमा उनीहरू जे चाह्यो त्यही गर्न सक्थे । अंगद जब रावणको सभामा गए, उनले यही प्राण विद्या प्रयोग गरेर आफ्नो शरीरलाई बलिष्ठ एवं गोडालाई यति दृढ बनाएर राखे कि त्यसलाई हल्लाउनु कुनै पनि वीरको वशबाहिर थियो । यो प्राण विद्याको कमाल थियो ।

श्रीरामले आफ्ना पितालाई मार्दा पनि अंगद किन रामका सेनामा ?

अंगदका बाबु बालिलाई रामले लुकेर मारेका थिए । रामले आक्रमण गरेपछि बालि घायल भएर जमिनमा गिरेका थिए । यो अवस्थामा जब छोरो अंगद आफ्ना अगाडि आइपुगे तब बालिले अंगदलाई ज्ञानको मुख्य तीन कुरा यसरी बताएका थिए:

देशकालौ भजस्वाद्य क्षममाण पि्रयाप्रिये ।
सुखदुःखसहः काले सुग्रीववशगो भव ।।

अर्थात् हे अंगद, पहिले देश, काल र परिस्थितिलाई बुझ । अर्को कुरा कसको साथ, कहिले, कहाँ र कस्तो व्यवहार गर्ने हो त्यो कुराको सही निर्णय लिनुपर्छ र तेस्रो कुरा मन पराउनु नपराउनु, सुखदुःख सहनुका साथै क्षमाभावका साथ जीवन व्यतीत गर्नुपर्छ । बालिले आफ्नो छोरो अंगदलाई यी कुरामा ध्यान राख्नका लागि भनिसकेपछि सुग्रीवका साथ बस भनेर अर्‍हाए ।

बालिको मृत्युपछि उनका भाइ सुग्रीव किष्किन्धाका राजा बने भने छोरा अंगद युवराज बनाइए । यसकारण अंगद रामको सेनामा थिए ।

अंगदलाई नै किन दूत बनाए त रामले ?

रामले युद्ध हुनुअघि एकपटक रावणलाई सम्झाउन दूत पठाउने विचार गरे । सभामा सबैले हनुमानलाई पठाउने प्रस्ताव गरे । तर रामले भने, ‘फेरि पनि रावणकहाँ हनुमानलाई पठाइयो भने रामका सेनामा हनुमान एकजना मात्र महावीर रहेछन् भन्ने सन्देश जान्छ र शत्रुपक्षको मनोबल बढ्छ । यसकारण अन्य कसैलाई दूत बनाएर पठाउनु राम्रो हुन्छ जो हनुमान जस्तै पराक्रमी एवं बुद्धिमान् होस् । यसका लागि अंगदजत्तिको उपयुक्त अरू कोही छैन ।’ यसरी रामले अंगदलाई दूत बनाएर पठाए । अंगदले पनि रामले जिम्मा दिएर पठाएको भूमिका उत्कृष्ट ढंगले निर्वाह गरे ।

रावणको सभामा के भयो ?

रामले अंगदलाई दूत बनाएर पठाउनुअघि अंगदसँग भने, ‘हे अंगद, रावणकहाँ जाऊ । केही वार्ता होस्, उनको र हाम्रो विचारमा एकता आओस्, यस प्रकारको कुरा बताएर उनलाई केही शिक्षा दिएर आऊ । उनको अभिमान हटेर आँखा खुलोस् ।’

अंगद रावणको सभामा पुग्दा त्यहाँ अनेकौं बहादुर योद्धा तथा नाना प्रकारका वैज्ञानिक बसिरहेका थिए । रावण तथा उनका सबै छोराहरू पनि उपस्थित थिए । अंगदलाई देखेपछि रावणले आऊ, भन किन आयौ भनी प्रश्न गरे ।

यस वार्तालापका विषयमा एकजना नेपाली कविले यसरी लेखेका छन् :

रावण: कुन जंगलमा बस्ने रहेछ कुन वनकर ? सोध के खोज्न आएछ मकै हो कि यहाँ छ र ?

अंगद: मकै राक्षस हुन् सारा खोज्दै छन् सब वानर । ढोका थुनी किन राख्यौ पठाऊ छर्न बाहिर ।
रावणलाई सम्झाउँदै अंगदले भने, म रामले पठाएर आएको हुँ । ता कि राम तथा तपाईंको विचारमा एकता आओस् । तपाईंकहाँ संस्कृतिको प्रसारमा अभाव आएको छ, म त्यसैलाई शान्त गर्न आएको हुँ । चरित्रको स्थापना गर्नु राजाको वा सरकारको कर्तव्य हुन्छ, तपाईंको राज्यमा चरित्रहीनता आएको छ । तपाईंको राज्य उत्तम प्रतीत हुन सकिरहेको छैन । त्यसैले म आएको हुँ । यो कुरा सुनेपछि रावण भन्छन्, यो तिम्रो विचार त यथार्थ हो तर मकहाँ के कुरामा सूक्ष्मता छ ?

अंगद भन्छन्, तपाइंर्ंकहाँ चरित्रको सूक्ष्मता छ । राज्यमा जब चरित्र हुँदैन तब संस्कृतिको विनाश हुन्छ । संस्कृतिको विनाश हुनुहुँदैन, यसको उत्थानमा लाग्नुपर्छ । संस्कृतिले नै भन्छ, मानिसको आचार व्यवहार सुन्दर बनाउनुपर्छ, महत्ता ल्याउनुपर्छ, सबैका छोरीहरूको रक्षा हुनुपर्छ । यो राज्यको पद्धति हुनुपर्छ ।

रावण सोध्छन्, के मेरो राज्यमा विज्ञान छैन ? अंगद भन्छन्, हे रावण ! तपाईंको राज्यमा विज्ञान त छ तर विज्ञानले के गरिरहेको छ ? मंगलको यात्राले मात्र के हुन्छ जब राज्यमा अग्निकाण्ड मच्चिरहेको छ भने ? सूर्यको यात्रा गरेर के हुन्छ, त्यसबाट के बन्छ, जब राज्यमा एक कन्याको जीवन असुरक्षित छैन भने । यस्तो राज्यबाट के हुन्छ ?

रावण र अंगदका बीच निकैबेर विवाद चल्यो । अंगदले रावणलाई अयोध्या र लंकाका बीच समन्वय हुनुपर्ने कुरामा जोड दिए । रामसँग मित्रता गाँसेर सीतालाई फिर्ता दिन सुझाउ दिए ।
अंगदले रावणलाई सीतालाई राखिराख्ने धृष्टता नगर्न सचेत तुल्याए ।

रावणले आफू धृष्ट नभएको बताए । यसपछि अंगदले भने, हे रावण, यही धृष्टता हो यस संसारमा । अरूको श्रीमती हरण गरेर ल्याउनु महान् धृष्टता हो । राजा भएर पनि परस्त्रीगामी हुनु धृष्टता हो । जुन राजाले कुनै महिलामाथि अपमान गर्छ उक्त राजाको राज्यमा अग्निकाण्ड हुन्छ ।

अंगदले किन आफ्नो गोडा भुइँमा स्थिर गराए ?

रावणले अंगदलाई दुर्वाच्य बोल्न थाले । रामलाई कमजोर बताउन थाले । यो सुनिसकेपछि अंगदको पारो तात्यो । उनले तत्कालै घोषण गरे, हे रावण Û म प्रतिज्ञा गर्दछु कि यदि कसैले मेरो यो गोडालाई एकैछिन मात्र पनि अलिकति मात्र सार्न सकेमा म माता सीताको त्याग गरेर रामलाई अयोध्या फर्काउँछु । यति भन्दै अंगदले प्राण क्रिया गरे र आफ्नो गोडालाई भुइँमा टेकाए ।

सबै राक्षस वीरहरू हल्लीखल्ली गर्दै एक एक गर्दै आए, समूहमा पनि मिलेर आए तर अंगदको गोडालाई पन्छाउन त के अलिकति पनि हल्लाउन सकेनन् । जसरी एक योगीको मन विषयवासनाप्रति विराग रही एकसमानले आत्मतत्वमा स्थित रहन्छ त्यसै गरी अंगदको गोडा पनि विचलित भएन ।

कसैले नसकेपछि रावण आफैं उठे । कुनै बेला कैलाश पर्वत उचालेको रावणको शक्ति अद्भुत थियो । रावण उठेर आफूतर्फ अघि बढेपछि अंगदले भने, हे रावण, मेरो गोडा समातेर हुँदैन । रामको चरण स्पर्श गर्नुभयो भने भने अवश्य पनि तपाईंको कल्याण हुन्छ । यसपछि रावण चुप लागेर आफ्ना स्थानमा गएर बसे ।

गोस्वामी तुलसीदासद्वारा रचित रामचरितमानसमा अंगदले रावणलाई सम्झाउने क्रममा भनेका कुरालाई निकै सुन्दर तरिकाले व्यक्त गरिएको छ । त्यहाँ १४ प्रकारका दुर्गुण भएकाहरूलाई जीवित भएर पनि मृतक मानिएको छ । श्लोक यस्तो छ :

जौँ अस करौँ तदपि न बडाई । मुएहि बधें नहिं कुछ मनुसाई ।।
कौल कामबस कृपिन बिमूढा । अति दरिद्र अजसी अति बूढा ।।
सदा रोगबस सन्तत क्रोधी । बिष्नु बिमुख श्रुति सन्त बिरोधी ।।
तनु पोषक निन्दक अघ खानी । जीवत सव सम चौदह प्रानी ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment