Comments Add Comment

सन्नी लियोनीको पनि बायोपिक आउँदै


बलिउडमा यतिबेला बायोपिकको लहर नै चलिरहेको छ । सञ्जय दत्तको बायोपिकले हलहरुमा धुम मच्चाइरहेका बेला अश्लिल फिल्मको पृष्ठभूमिबाट आएकी अभिनेत्री सन्नी लियोनी पनि आफ्नो बायोपिकलाई लिएर निकै उत्साहित देखिएकी छन् ।

सन्नी लियोनीको बायोपिक ‘करणजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ अहिले निर्माणाधिन छ । फिल्मको मोसन पोस्टर हालै सार्वजनिक गरियो ।

उक्त पोष्टर सामाजिक सञ्जालमा सेयर गर्दै सन्नीले लेखेकी छन्, ‘चाँडै नै मेरो जिन्दगी एउटा खुल्ला किताबजस्तो हुनेछ ।’ फिल्म १६ जुलाईमा रिलिज हुने सन्नीले जानकारी दिएकी छन् । फिल्मको पोष्ट हेर्दा यसमा सन्नी लियोनीको जीवनमा दुई भाग समावेश हुनेछन् । पहिलो भागमा पोर्न उद्योगमा आयनसअपघ सन्नीको जीवन त्रित्रण गरिएको छ भने दोस्रो भागमा पोर्न उद्योगमा आइसकेपछिको उतार चढाव ।

सन्नी केही वर्ष अघि भारतीय टेलिभिजनबाट प्रशारण हुने बिग बोशमा सहभागी भएपछि चर्चामा आएकी थिइन् । त्यसपछि उनलाई बलिउड फिल्म ‘जिस्म २’ मा प्रस्ताव आयो । अनि, उनले पछाडि फर्केर हेर्नुपरेन । बलिउडमा सक्रिय भएपछि उनले पोर्न फिल्म खेल्न छाडेकी छन् । तर, उनलाई आफ्नो विगतमा कुनै पछुतो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment