Comments Add Comment

नेप्सेमा करिब ५ अंकको गिरावट, कारोबार रकम २० करोड नाघ्यो


१८ असार, काठमाडौं । आइतबार १४ दशमलव १ अंकले घटेर बन्द भएको सेयर बजार सोमबार उतार-चढावकाबीच अन्तमा ४ दशमलव ८२ अंकले घटेर बन्द भएको छ । सोमबार कारोबार खुला भए लगत्तै ओरालो लाग्न शुरु भएको सेयर बजार १२ बजेर २२ मिनेटसम्म आइपुग्दा करिब १० अंकले घटेको थियो । त्यसयता बढ्नु शुरु गरेको बजार २ बजेर ३३ मिनेट जादा १८८६ दशमलव ९१ को विन्दुमा पुगेको थियो ।

त्यसपछि भने पुनः ओरालो लागेको बजार अन्तमा ४ दशमलव ८२ अंकले घटेर बन्द भएको हो । ११८४ दशमलव ५७ अंकबाट शुरु भएको कारोबार ४ दशमलव ८२ अंकले बढ्दा नेप्सेपरिसुचक ११७९ दशमलव ७१ मा आइपुगेको छ ।

सेयर बजार ओरालो लागे पनि कारोबार रकममा भने झिनो सुधार भएको छ । आज सेयर बजारमा २० करोड ४५ लाख ७२ हजार ६ सय ६२ रुपैयाँको कारोबार भएको छ । आइतबार सेयर बजारमा १९ करोड ७२ लाख ६२ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर किनबेच भएको छ । ग्लोबल आइएमईको आज १ करोड ७५ लाख २८ हजार ७ सय ८९ रुपैयाँको कारोबार भएको छ । यस बैंकको सेयर मूल्य २ सय ८४ रुपैयाँमा आएर बन्द भयो ।

कारोबार रकमका आधारमा दोस्रो नम्बरमा ज्योति विकास बैंक देखिएको छ । आज १ करोड ५ लाख रुपैयाँ भन्दा बढी ज्योतिको सेयर किनबेच भएको छ । तेस्रो स्थानमा देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड १ लाख ३८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ८४ लाख ८५ हजार ५ सय ४३ रुपैयाँको कारोबार गर्दै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी चौथो स्थानमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment