१८ असार, काठमाडौं । काठमाडौंको धर्मस्थलीस्थित महादेव खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–६ का प्रकाश पुर्कुटी छन् ।
उनी निर्माण मजदुर हुन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले खोलामा आएको बाढीले बगाउँदा पुर्कोटीको मृत्यु भएको पुष्टि गरे ।
‘महादेव खालाले उनलाई धर्मस्थलीबाट बगाएको थियो । हामीलाई खबर भएलगत्तै खोजीमा टोली परिचालित भएको थियो’, पोखरेलले अनलाइनखबरसँग भने, ‘तर, उनको शव जलंगाको पुल नजिक बगाएर लगेको अवस्थामा भेटिएको छ ।’
हाल उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ हस्पिटल, महाराजगञ्ज पठाइएको परिसरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4