+
+
Shares

सत्य निरुपण आयोग पहिलो संशोधन विधेयक पारित

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १८ गते १८:५२


१८ असार, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक २०७५ प्रतिनिधिसभा बैठकले पारित गरेको छ ।

सोमबार कानुनमन्त्री शेरबहादुर तामाङले संसदमा पेश गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

विधेयक पारित गर्नुअघि संशोधनकर्ता सांसद प्रेम सुवालले राख्नु भएको जिज्ञासाको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विधि बनाएर आयोगको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

संशोधनकर्ता सांसद सुवालले आयोगको म्याद एक वर्षभन्दा बढी थप नगर्ने व्यवस्था गर्न माग गरेका थिए ।सोही प्रतिवद्धता पूरा गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री तामाङले बताए । सरकारले यस अघि अध्यादेशमार्फत् ल्याएको विधेयकलाई प्रतिस्थापनका लागि यो विधेयक ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?