+
+
Shares

विश्वकप फुटबलमा बाजी खेलाउने ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते १३:३७

१९ असार, काठमाडौं । विश्वकप फुटबल प्रतियोगितामा विभिन्न देशको हार जितमा बाजी खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरी अवैध रुपमा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले सोमबार बेलुका साढे ६ बजे काठमाडौं महानगरपालिका १५ चागलको बज्र होटल नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्हेपीका २२ वर्षका प्रकट महर्जन, रामघाटका  २२ वर्षका रेजिन महर्जन र चागलका २५ वर्षका सुजेन शाही रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुबाट ६ लाख ९९ हजार रुपैयाँ पनि बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा  राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?