१९ असार, काठमाडौं । प्रहरीले काठमाडौंमा अवैध कल बाइपासमा संलग्न भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३२ शुभकामना मार्गस्थित रमेशसिंह हमालको घरमा कोठा भाडामा लिई अवैध कल बाइपासको काम गर्ने भारत नयाँ दिल्लीका २४ वर्षका जफर खानलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।
सरकारी निकायबाट अनुमति नलिई विभिन्न दुरसंचार सेबा प्रदायकको सिमकार्ड प्रयोग गरी बिदेशबाट नेपाल आउने अन्तर्राष्टिय कल (भीओआईपी) मार्फत नेपाल भित्र्याएका उनलाई सीआईबीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि दूरसञ्चार ऐन, २०५३ मुद्दा अन्तर्गत अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएको छ ।
अवैध भीओआईपीविरुद्द हालसम्म एक सय तीन ठाउँमा कारबाही भएकोमा एक सय २६ जना नेपाली र ३४ जना विदेशी पक्राउ परिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4