+
+
Shares

अपराध महाशाखाका सईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १९ गते १८:०५

१९ असार, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा कार्यरत् प्रहरी नायब निरीक्षक कृष्णबहादुर गैरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेर राष्ट्रसेवक पदमा रही भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार गैरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको भनि पेश गरेको माध्यमिक (एस.एल.सी) सरहको शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको खुलेको छ ।

उनले त्यो प्रमाण पत्र पेश गरी प्रहरी जवान पदमा नियुक्ति लिएर क्रमशः प्रहरी नायब निरीक्षक पदमा बढुवा समेत लाभ लिएको देखिन आएकाले मुद्दा दायर गरिएको कोइरालाको भनाइ छ ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा–१० अनुसारको कसुर अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?