Comments Add Comment

‘आफुलाई जटिल रोग लागेको पो छ कि’ भनेर डर लाग्छ ?

‘कतै मलाई डरलाग्दो रोग त छैन ?’ कहिले काहीँ मनलाई यस्तै शंसयले थर्कमान बनाउँछ । हामीलाई भित्रभित्रै तर्साउँछ, एउटा अज्ञात भयले । आखिर किन यस्तो बिचार आउँछ ? यसको चिरफार गर्नुअघि मानविय स्वभावबारे केही जान्नु आवश्यक छ ।

स्वभाव कतिपय

व्यक्ति पिच्छे मानिसकोे स्वभाव फरकफरक हुन्छ । कोही चाडो रिसाउने, चाडै आवेगमा आउने हुन्छन भने कोही शान्त स्वाभावका हुन्छन् । कोही रमाइलो मिजास भएको हाँसो ठट्टा गर्न मन पराउने हुन्छन । कतिलाई भने यस्तो मन पर्दैन । कोही अरुसँग चाडै घुलमिल हुन सक्ने मिलनसार स्वभावका हुन्छन । कतिपय भने चाडै अरुसँग घुलमिल हुन सक्दैनन ।

कतिपय व्यक्तिहरु चाहिने भन्दा धेरै नै सोच-विचार गर्ने, सानो सानो विषयमापनि धेरै कुरा खेलाउने पछि भविष्यको कुरालाई लिएर धेरै चिन्तालिने स्वभावको हुन्छन् । आफ्नो शरीरमा खासै रोग नभएपनि कुनै ठुलो रोग पो लागेको छ कि ? पछि गएर जटिल रोगले सताउने पो हो कि भन्ने चिन्ताले सताइरहेको हुन्छ । आवश्यक्ता भन्दा बढी संवेदनसिल व्यक्तिहरुमा यस्तो मानसिक त्रास देखिन्छ ।

त्रासदी फगत एक रोग

खासमा यो मानसिक समस्या नै हो, जसलाई ‘हाइपोकोन्ड्रियासिस’ भनिन्छ । यस्तो मानसिक रोग लागेका व्यक्तिलाई रोगको चिन्ताले ज्यादै सताउने गर्दछ । उनीहरु आफ्नो शरिरमा देखिएको सामान्य खराबी वा समस्यालाई लिएर चाहिने भन्दा बढी चिन्तित हुने गर्दछन् । जस्तो शरिरमा सानो बिबिरा आएपनि त्यसलाई ठुलो रुपमालिन थाल्दछन् ।

उपचारको नाममा भएभरको सबै पैसा खर्च गर्न पछि पर्दैनन् । उनीहरुलाई जति प्रमाण र तर्क दिएपनि रोग छैन भन्ने भ्रम हटाउन सकिदैन । यस्ता क्रियाकलापले उनीहरुलाई थप समस्यामा पार्न सक्छ

विविरा कतै क्यान्सर को लक्षण त होइन ? वा पछि यो क्यान्सर त हुने होइन ?कतै यो शरिरभरि आएर शरिर नै कुरुप त हुने होइन? आदि चिन्ताले उनीहरुलाई सताउन थाल्छ । यस्तो विश्वास उनीहरुको मनमा गहिरो सँग बसेको हुन्छ । टि.बि, क्यान्सर वा यौनजन्य रोग (एच.आई.भि, एड्स) आदि रोग आफुलाई लागेको हुन सक्ने बताउँछन । कहिले काहीँ त उनीहरु आफु पागल नै हुन लागेको आसयका कुरा समेत गर्दछन् ।

यो रोग लागेका व्यक्तिले शरिरमा देखिएका संवेदना, शरिरको कार्यप्रणालीलाई गलत रुपमा बुझ्ने र व्याख्या गर्ने गर्छन् ।

मानसिक विचलन

प्राय पेट, छाति, टाउको र घाँटीको सामान्यसमस्यालाई पनियो रोग लागेको व्यक्तिहरुले ठुलो समस्या सम्झि ने गर्दछन् । आफुलाई गंभिर रोग भएको भन्ठान्ने वा रोग बढ्दै गएर गम्भीर होला भन्ने कुराले निकै विचलित हुन पुग्छन् ।

यस्तो चिन्ताको कारण निद्रा नलाग्ने, खाना नरुच्ने, मुटुको धड्कन बढ्ने, मुख सुक्ने, पसिना आउने, टाउको दुख्ने, जिउ गल्ने, हाटखुट्टा पोल्ने, झमझमाउने, निरास र दुखी हुने जस्ता लक्षणहरु पनि देखिन सक्छन् ।

चिन्ताले चितामा

यो रोग लागेका झन्डै ८० प्रतिशतमा डिप्रेसन र एन्जाइटीको समस्या पनि देखिने गर्दछ । हाइपोकोन्डि्रसिस को रोगमा जाँड रक्सी र अन्य लागुपदार्थको सेवन गर्ने समस्या पनि देखिन सक्छ । यस रोगले बिरामीको दैनिक दिनचर्याम समेत उल्लेखिय असर पुर्‍याउँछ ।

रोगको चिन्ताले एक पछि अर्को चिकित्सक फेर्दै हिड्ने, अरुको लहै लहैमालागेर राम्रा डाक्टरलाई देखाउनभन्दै टाढा टाढा सम्मउपचारको लागि जाने, शारीरिक परिक्षण गरिरहने, धामी-झाक्रि, हात हेर्ने, जोखना हेर्नेको पछि लाग्ने, ग्रहदशा फुकाउन भन्दै औँठी गुठी बाध्ने जस्ता क्रियाकलाप गर्नर् थाल्छन् ।

सम्र्झइ-बुझाई गर्नै गाह्रो

उपचारको नाममा भएभरको सबै पैसा खर्च गर्न पछि पर्दैनन् । उनीहरुलाई जति प्रमाण र तर्क दिएपनि रोग छैन भन्ने भ्रम हटाउन सकिदैन । यस्ता क्रियाकलापले उनीहरुलाई थप समस्यामा पार्नसक्छ । यो रोग लाग्दा व्यक्तिगत, सामाजिक तथा काम र व्यवसायमा पनि असर पुग्छ ।

एक जना हाइपोकोन्डि्रयासिसको बिरामी पवन (नाम परिवर्तन) हात हेराउन भनेर ज्योतिषकामा पुग्छन् । हात हेर्नेले उनको कुण्डलीमा बौलाउने योग छ भनेपछि उनमा चिन्ताको पारो बढ्छ ।

आजभोलि उनी सडकमा कडा खालका मानसिक रोगी देख्दा, मानसिक रोगको बारेमा सुन्दा, पढ्दा आˆनो हालत पनि यस्तै त हुने होइन भन्ने चिन्ताले ग्रस्त हुने गर्छन् ।

कसलाई हुन्छ यो समस्या ?

महिला-पुरुष जो कोहिलाईर् यो रोग सरोबरी लाग्न सक्छ । जुन सुकै उमेरका व्यक्तिलाई यो रोग लाग्ने सम्भावना रहन्छ । तर २० देखि ३० वर्षको उमेरमा सामान्यतया यो रोग देखा पर्छ । सामान्य शारीरिक समस्या हुँदा पनि ज्यादै संवेदनसिल हुने, सतर्क रहने, त्यसलाई गलत व्याख्या गर्ने, अरुलाई सामान्य तनाव हुँदा यो रोग लागेको व्यक्तिलाई दुखाई नै हुने हुन्छ । उनीहरु शारीरिक संवेदनालाई बढाई-चढाई अपव्याख्या गर्छन् ।

समस्याको जड

यो रोग लाग्नुको कारण सिकाई पनि हो । कहिले काहीँ ठुलो समस्या पर्दा मानिसहरु बिरामी परेको देख्छौ । बिरामी भएपछि छुट मिल्छ, काम गर्नु पदैैन । यही क्रम दोहोरियो, यसलाई नजानिदो तरिकाबाट अनुशरण गर्दै गयो भने यो रोग लाग्ने सम्भावना हुन्छ ।

आफुप्रति ज्यादै आत्म केन्द्रित हुने, आत्मविश्वास कम भएका, सानोसानो कुरामा पनि ज्यादै चिन्ता गर्ने स्वाभाव भएका, विगतमा ठुलो गल्ती वा अपराधगरेका, अरुप्रति रिस र कुभलो चिताउने व्यक्तिमा पनि यस्तो रोग लाग्ने सम्भावना हुन्छ ।

उनीहरुले के विश्वास गर्छन भने मलाई ठुलै रोग लागेको छ तर रोग के हो डाक्टरले छुट्याउन सकेको छैन । कतिपय अवस्थामा उनीहरु चिकित्सकको सिकायत गदैै पनि हिँड्छन्-‘ठुला-ठुला नाम चलेका डाक्टरलाई पनि देखाएँ । तर रोग पत्ता नै लाउन सकेनन् ।’ यो रोग लागेको हुन यस्तो विश्वास कम्तीमा ६ महिनादेखि रोगीमा देखिएको हुनुपर्छ । समय बित्दै गएपछि रोगीमाएउटा रोगबाट अर्को रोग लाग्यो भन्ने विश्वास परिवर्तन हुदै जान पनि सक्छ ।

के छ त समाधान ?

यो रोग लागेका बिरामीलाई साइकोथेरापि, मनोपरामर्श, तनाव व्यवस्थापन गर्ने तरिका, शान्त हुने जुक्ति, रोगको बारे मनोशिक्षा र बिरामीलाई आत्मनिर्भर बनाउनु आवश्यक हुन्छ । तनाव हुँदा, बिसन्चो हँुदा उनीहरुमा भने त्यसलाई सहने क्षमता अरु भन्दा कम हुन्छ । बिरामीलाई केहि पनि रोग छैन, केहि पनि गर्नु पर्दैन भनेर भन्नु हुदैन । यसो गर्दा डाक्टरले पनि मेरो समस्या बुझ्न सकेन ठुलै रोग लागेको पो छ कि भन्ने जस्ता कुराले थप चिन्तित र निरास बनाउँछ ।

उनीहरुले चिकित्सक नै फेर्ने सम्भावना पनि हुन्छ । साथै अनावश्यक रुपमा अर्को चिकित्सकलाई रिफर गर्ने, अनावश्यक शारीरिक परिक्षण गर्न लगाउने काम गर्नु हुँदैन । यो रोग लागेका व्यक्तिमा डिप्रेसन, एन्जाइटी लगायतका मानसिक समस्या पनि देखिन सक्ने भएकाले आवश्यकताअनुसार डक्टरको सल्लाहमा औषधी पनि आवश्यक हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment