
News Summary
Generated by OK AI. Editorially reviewed.- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणले स्वास्थ्य कारणले पदबाट स्वैच्छिक राजीनामा दिएका छन्।
- पार्टीले मोहन वैद्यको स्थानमा सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ।
- मोहन वैद्यले २०६९ सालमा नेकपा-माओवादी गठन गरेका थिए र २०८१ मंसिरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए।
२ असोज, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् ।
८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेका हुन् । उनको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ ।
‘किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ । उहाँ सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ,’ गजुरेलले अनलाइनखबरसँग भने ।
पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा- माओवादी’ बनेको थियो ।
२०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।
प्रतिक्रिया 4