Comments Add Comment

नागरिक र प्रहरीबीचको खाडल खारेज हुनुपर्छः आईजीपी खनाल


२१ असार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नागरिक र प्रहरीबीचको खाडल अन्त्य हुनुपर्ने बताएका छन् । उनले कार्यस्थलमा खटिने प्रहरीसँग मानव अधिकारको ज्ञान हुनुपर्ने आवश्यकता समेत औंल्याए ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानवअधिकार शाखाले बिहीबार राजधानीमा आयोजना गरेको ‘मानव अधिकार संरक्षण र प्रबद्र्धनमा नेपाल प्रहरी’ विषयक गोष्ठीमा बोल्दै आईजीपी खनालले भने– ‘प्रहरी र नागरिकबीच एउटा खाडल छ, अब त्यो खारेज हुनुपर्छ ।’

आईजीपी खनालले प्रमाणमा आधारित पोलिसिङ अहिलेको आवश्यकता भएको बताए । अभियुक्तलाई अदालतमा पुगुञ्जेलसम्मको अधिकारलाई ध्यानमा राख्नुपर्ने भन्दै उनले भदौ १ देखि फौजदारी संहिता आउने र त्यो मानव अधिकार संबद्र्धन र कार्यान्वयनका लागि फड्को हुने विश्वास व्यक्त गरे ।

प्रहरीका हरेक काम पारदर्शी हुनुपर्ने भन्दै त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । प्रहरीले व्यवस्थापकीय इमान्दारिता, राष्ट्रप्रतिको समर्पण र संगठनको म्यान्डेट अनुसार काम गर्न सके समाज र राष्ट्रले खोजेको जस्तो प्रहरी हुने उनको भनाइ छ ।

एकदिने कार्यशाला गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा, गृह सचिव, महान्यायाधीवक्तालगायतको उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment