+
+
Shares

एयरपोर्ट अगाडिबाट अवैध सुनसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २२ गते १०:१३


२२ असार, काठमाडौं । प्रहरीले अवैध सुनसहित १ युवकलाई काठमाडौंबाट पक्रेको छ ।

गोरखा भीरकोट नगरपालिका–९ का कृष्ण भट्टराईलाई महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले असार १९ गते एयरपोर्ट अगाडिबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय, काठमाडौंका अनुसार भट्टराईको साथबाट २ थान सुनको बाला बरामद भएको छ । बरामद बालाकाे ताैल कूल ११५ ग्राम छ ।

पक्राउ परेका भट्टराईलाई प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरणमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?