+
+

लागूऔषधसहित वीरगञ्जबाट युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २२ गते १६:२१

 २२ असार, वीरगञ्ज । पर्साबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा साविक सुरुङगा गाविस-८ हाल शर्णमती गाउँपालिका-७ बस्ने २३ वर्षीय धर्मनन्द उप्रेती रहेका छन् ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-१६ स्थित ईनर्वागाउँ चोक सडकमा सवारीसाधन तथा पैदल यात्री चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारत रक्सौल तर्फबाट बीरगंज तर्फ पैदल आउँर्दै गरेको उनको साथबाट प्रहरीले लागूऔषध इन्जेक्सन डाइजेपाम २० पिस, नुफिर्न २० पिस, फेनारगन २० पिस गरी ६० पिस फेला परेको थियो । उनीविरुद्ध लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको ६२ पिस लेडिज सुट, ५७ पिस कुर्ता सुरुवाल, ५ थान साडी, ४ थान थानको कपडा समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिकाबाट नियन्त्रणमा लिइएका सामाग्रीहरु आवश्यक कार्वाहीको लागि वीरगञ्ज भंसार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?