Comments Add Comment

बिरा९१ बियर ब्राण्ड नेपाली बजारमा

२२ असार, काठमाडौं । भारतमा अत्याधिक रुचाइएको बिरा९१ बियर ब्राण्ड अब नेपालको बजारमा पनि प्रवेश गर्ने भएको छ । नेपाली बजारमा बिरा९१का ३ स्वादहरु बिरा९१ ह्वाइट, बिरा९१ ब्लण्ड र बिरा९१ स्ट्रङ उपलब्ध हुनेछन् ।

‘नयाँ विश्वको लागि सुस्वादिष्ट बियर’ भन्ने मूलनाराका साथ बियर नेपाल आउन लागेको हो ।

बी९ वेभरेज प्रालिले नेपाली बजारमा यी ३ विभिन्न बियरहरु वितरण गर्नका लागि ग्लोबल ट्रेडिङ कन्सर्नसँग सहकार्य गरेको छ र यी सबै वियरहरु ३३० मिलिको बोतलहरुमा उपलब्ध हुनेछन् भनें यसको बजार मुल्य ३३० रुपैयाँ कायम गरिएको छ ।

भारत र संयुक्त राज्य अमेरिकामा पाएको अत्याधिक सफलतालाई दृष्टिगत गर्दै थप ५ वटा नयाँ बजारहरुः संयुक्त अधिराज्य, सिंगापुर, हङकङ, थाइल्याण्ड र युएईमा पनि वितरण कार्यको थालनी गर्ने योजना बिरा९१ले अघि सारेको छ ।
सन् २०१५ मा स्थापनाभएको बिरा९१ले स्थापनाको छोटो समयमा नै आफ्नो अद्भूत स्वाद र आनन्ददायक ब्राण्डिङको कारण बियर प्रेमीहरुको मन मस्तिष्कमा पकड जमाउन सफल भएको थियो ।

बिरा९१ले भारतमातीव्र गतिमा आफ्नो पकड जमाउँदै गैरहेको छ र यसले वर्षेनी ८०० प्रतिशतको वृद्धिदर हासिलगरिरहेको छ । स्थापनाको ३ वर्षमा नै यसको बिक्री बढेर ३०० करोड केसभन्दा बढी पुगिसकेको छ ।

बजार विस्तारको बारेमा बी९ वेभरेजका निर्यात निर्देशक अँसुल अग्रवालले भनेे “सिर्जनशील शहरका पिउनेहरुलाई ध्यानमा राख्दै तयार पारिएको बिरा९१ नया ँविश्वलाई सुस्वादिष्ट बियरहरु उपलब्ध गराउने चाहनाको उपज हो । हामी विश्वलाई बियरका अरु धेरै स्वादहरु चखाउने चाहना राख्दछौं र नेपालहाम्रो बजार विस्तारको एक अर्को उत्साहजनक गन्तव्य हो ।”

“क्राफ्ट र बुटिक बियरहरुको बढ्दो लोकपि्रयतासँगै हाम्रो लागि एक अर्को खास चिज प्रस्तुत गर्नु महत्वपूर्ण थियो । बिरा९१ एक त्यस्तो अविश्वसनीय ब्राण्ड हो, जो बजारमा आएको कम समयमा नै भारतमा अत्याधिक रुचाइएको र तीव्र गतिमा वृद्धि भएको ब्राण्डको रुपमा स्थापित हुन सक्षम भएको छ । बिरा९१मा घनीभूत एवं सन्तुलित स्वाद पाइन्छ भनें यसको हरेक चुस्किमा पूराका पूरा मस्त अनुभव प्राप्त हुनेछ,” ग्लोबल ट्रेडिङ कन्सर्नका निर्देशक आदित्य अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment