+
+
Shares

चीन लैजाने गैंडा मंगलबार काठमाडाैं पठाइने

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १३:०५

२४, असार, चितवन । चीनलाई उपहार स्वरुप दिन लागिएको एकसिंगे गैँडा मंगलवार चितवनबाट काठमाडौं पठाइने भएको छ ।

आगामी असार २८ गते चीन पठाउनुअघि काठमाडौं लगिएका गैंडालाई सदर चिडियाखाना जउलाखेलमा राखिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदबहादुर ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

मंगलवार विहान १० बजेतिर एक कार्यक्रम गरि गैंडाको विदाई गरिने उनले बताए । ‘सम्भवतः १२ बजेतिर हामी यहाँबाट पठाउँछौं होला, बिषेश प्रकारको खोर तयार भैसकेको छ तयारी सवै पूरा भयो’ प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘२ जना चिकित्सक, ३ जना अन्य प्राविधिकसहित १४ जनाको टोली गैंडासँगै पठाउँछौं ।’

निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाउन लागिएको हो ।

चीनले आगामी असार २८ बिहीबार गैँडा बोइङमा राखेर ४ बजे नेपालबाट लग्ने कार्यतालिका छ । नेपाल भित्र नै गैंडा वा अन्य जनावर स्थानान्तरण गरेको जस्तैं गरी काठमाडौं पाइने चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत देवप्रसाद ढकालले बताए ।

चीनबाट एकजना भेटेरेनरी चिकित्सक, दुईजना किपर र विमानचालक आउने छन् । नेपालबाट पनि एक भेटेरेनरी चिकित्सकसहित अन्य दुईजना किपर चीन जाने छन् ।

चीनलाई दुई जोडी गैंडा पठाउने सरकारको निर्णय अन्र्तगत पहिलो चरणमा डेढ वर्षको भद्र र २ वर्षकी रुपसीलाई चीन पठाउन लागिएको हो ।

डेढ महिनाअघि निकुञ्जबाट ल्याइएका गैंडालाई बिषेश प्रकारको काठको खोर -पिट बुमा) मा राखेर बाहिर वातावरणसँग अभ्यस्त बनाउने काम भैरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको खोरिया मुहान नजिकको देवीतालबाट वैशाख १५ गते ल्याइएको गैंडाको भाले बच्चा ‘भऽ’ नाम दिइएको छ भने, वैशाख १७ गते समातेर ल्याइएको दुई वर्षको पोथी गैंडालाई रुपसी नाम दिइएको छ ।

भद्र डेढ वर्षको छ । पहिलो चरणमा भद्र र रुपसी चीन जानेछन् भने दोस्रो चरणमा अरु थप एक जोडी पठाइने छ ।

एकै वर्षमा एक जोडी मात्रैं पठाउन मिल्ने भएका कारणले अर्को वर्ष मात्रै बुमामा रहेका गैंडा पठाउन सकिने निकुञ्जले जनाएको छ । उनीहरुलाई चीनको चिमेलाङपार्क र सांघाई वाइल्ड एनिमलपार्कमा राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?