+
+

काठमाडौंमा बहुमुल्य रुबी पत्थरको कारोबार, ९ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते १९:५३


२५ असार, काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा बहुमुल्य धातु रुबीको अवैध कारोबार हुने गरेको भेटिएको छ ।

काठमाडौं प्रहरी परिसरले ४ वटा रुबीको पत्थर विक्रीमा संलग्न भएको अभियोगमा ९ जनालाई पक्राउ गरेसँगै यसको कारोबार हुने गरेको भेटिएको हो ।

परिसरका डिएसपी मोहन थापाका अनुसार काठमाडौं–२७, ज्याठाबाट जाजरकोटका पदमबहादुर थापा, अमृतबहादुर बुढा, प्रदीपकुकमार बोहरा, हुम्लाका सरोज कार्की, बाँकेका जीवन शर्मा, गोरखाका सुमन तामाङ, रुकुमका मनोज बोहरा, टोखाका राजाराम सिलवाल र डोल्पाका भीम बोहरा १ सय १० क्यारेट रुबीसहित पक्राउ परेका छन् ।

परिसर मातहतको दरबारमार्ग वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । बरामद गरिएको धातुको बजार मूल्य अन्दाजी २२ लाख रहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका व्यक्तिहरुसहित रुबी धातुलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?