Comments Add Comment

सालकको खपटा र गैंडाको खागसहित ४ जना पक्राउ

२६ असार, काठमाडौं । काठमाडौं प्रहरीले सालकको खपटा र गैंडाको खागसहित ४ जनालाई सोमबार राजधानीबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नुवाकोट ककनीका राजन घिमिरे र सोही स्थानका मानबहादुर थापालाई सोमबार साँझ सालकको खपडासहित लैनचौरबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाका अनुसार उनीहरुको साथबाट १०५ ग्रामको सालकको खपडा बरामद भएको छ ।

पक्राउ परेका उनीहरुमाथि अहिले प्रहरी वृत्त लैनचौरमा राखेर अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाउने तयारी छ ।

यसैबीच, काठमाडौंको सुकेधाराबाट प्रहरीले गैडाको खागसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गा मोलङ्ग गाउँपालिका–२ का टेकराज वयलकोटी र गुल्मी धुरकोट गाउँपालिका २ का २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार, अनुसन्धान पश्चात जिल्ला वन कार्यालय पठाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment