महिला र पुरुष, जसमा हुने खास भिन्नता भनेकै शारीरिक संरचना हो । तर, हामी विभिन्न कुरामा महिला र पुरुषलाई अलग राखेर हेर्छौं । उनीहरुको प्रवृत्ति, व्यवहार, सोंच, चिन्तन, रुची सबै कुरा । पुरुष र महिलालाई हेर्ने र बुझ्ने दृष्टिकोण अलग छ ।
पुरुष भन्नासाथ हाम्रो मस्तिष्कमा ‘निडर’ व्यक्तिको छवी आउँछ । यस्तो व्यक्ति जो कसैसित झुक्दैन । जो सकैसित डराउदैन । जो आफ्नो कुरामा अडिग छ ।
तर सबै पुरुष हामीले सोच जस्तो नहुन पनि सक्छन् । किनकी हाम्रै समाजमा केही यस्ता पुरुषहरु छन्, जसमा पुरुषमा भन्दा महिलाहरुको गुण बढी छ । र, यस्ता पुरुषलाई हामी ‘कन्या राशी’ पनि भन्ने गर्छौ । तर यस बीच हामी यो कुरा विर्सन्छौ कि हाम्रो समाजमा यस्ता पुरुष पनि छन्, जसमा पुरुषको भन्दा महिलाको गुण धेरै छ । र, उनीहरुलाई त्यस्ता कुरा गर्नमै बढी खुशी महसुस हुने गर्दछ ।
पुरुषलाई पनि हुन्छ पीडा
महिलाहरु आफैमा संवेदनशील हुन्छन् । त्यसैले त उनीहरु बढी भावनामा बग्ने गर्छन् । त्यतिमात्र हैन, संवेदनशीलताकै कारण उनीहरुलाई ससाना कुरामा पनि आसु आउँछ । र, सानो कुराले पनि पिडा हुन्छ ।
तर यसको मतलव यो हैन कि पुरुषलाई पिडा हुँदैन । पुरुषलाई पनि पिडा महसुस हुन्छ । उनीहरु पनि रुन्छन् । निराश हुन्छन् । यत्ति हो कि उनीहरुले जताउने तरीका महिलाको भन्दा फरक हुन्छ ।
त्यसैले त, कतिपय पुरुषहरु फिल्म हेर्दा पनि रुने गर्छन् ।
पुरुषहरु पनि चाहन्छन्, सुन्दर देखिन
आजकलका पुरुषहरु सुन्दर देखि अधिक भन्दा अधिक समय खर्च गर्दछन् । विशेषगरी, मैचिङ्ग डे्रस लगाउने देखि कपाउन बनाउन सम्म उनीहरुलाई समय लाग्छ । त्यति मात्र हैन, छाती वाक्स गर्न, कपाल कलर गर्न, कपाल सेट गर्न तथा हेयर स्पा गर्न समेत उनीहरु घण्टौ समय खर्चिने गर्छन् ।
किनमेलका सौखिन
किनमेल भन्नसाथ महिलाको नाम अगाडी आउँछ । जबकी हाम्रो समाजमा यस्ता पुरुषहरु पनि छन्, जो सपिङ्गका सौखिन छन् । बजारमा नयाँ लुगाा आयो वा कुनै नयाँ सामान आयो भने उनीहरु सबैभन्दा पहिले सपिङ्ग गर्न पुगिहाल्छन् । यत्ति हो कि सपिङ्ग गर्न महिला धेरै समय लगाउछन् भने पुरुष कम समयमै धेरै भन्दा धेरै सामान खरीद गर्छन् । त्यो पनि कम समयमा ।
पुरुष पनि खान पकाउनमा सौखिन
चावहिलका संदिप आचार्य खाना पकाउन भनेपछि निकै खुशी हुन्छन् । उनलाई हरेक दिन नयाँ नयाँ खाना बनाउन मन लाग्छ । संदिपमात्र हैन, यस्ता धेरै पुरुषहरु छन्, जो खाना बनाउन सौखिन हुन्छन् ।
त्यसैले त, सेफकै कुरा गर्ने हो भने पनि विश्वमा जे जति नाम चलेका सेफ छन् , ती सबै पुरुष सेफ नै छन् ।
पुरुषहरुलाई पनि लाग्छ डर
जरुरी छैन कि महिलाहरुमात्र साङ्गलो वा मुसा देखि डराओस् । हाम्रो समाजमा यस्ता पुरुषहरु पनि छन्, जो मुसा , विरालो, साङ्लासँग अत्याधिक डराउँछन् ।
गसिप गर्छन्
धेरैलाई लाग्न सक्छ, गोसिपभनेको महिलाहरुमात्र गर्छन् । जबकी यस्ता गसिप महिलाहरु भन्दा पुरुषहरु धेरै गर्छन् । विशेषगरी जानकारी लिने नाममा उनीहरु पनि कम गसिप गर्दैन । यत्ति हो, कि उनीहरु यो कुरा स्वीकार गर्न चाहदैनन् । नत्र भने कसैको बारेमा महिलालाई भन्दा बढी जानकारी पुरुषलाई कसरी हुन्छ ?
पुरुषलाई पनि टेलिसिरियल हेर्न निकै मन पर्छ
मानिसहरु भन्छन्, टिभीमा आउने सिरियलले महिलाहरुलाई मात्र आर्कषित गर्छ । जबकी पुरुषहरु पनि यस्ता सिरियलबाट अछुतो रहन सक्दैनन् । उनीहरुले पनि यस्ता सिलियर हेरेकै हुन्छन्, चाहे दिनुह होस् वा दिन विराएर । नपत्याए, कुनै सिरियलबारे तपाईको श्रीमान्, वुवा, भाई वा छोरालाई सोधेर त हेर्नुस् ?
अमिलो पिरो मन पराउँछन्
अमिलाने पिरो भन्ना साथ महिलाहरुको नाम अगाडी आउँछ । जबकी कयौ पुरुष यस्ता पनि हुन्छन्, जसलाई सादा खानेकुरा भन्दा पानीपुरी, चटपटे लगायतका अमिलो पिरो खानेकुरा बढी मन पर्छ । त्यसैले त, अहिले बाहिर राखिएको पानीपुरीको ठेलालाई नै हेर्नु भयो भने पनि त्यहाँ महिला सरह नै पुरुषको पनि भिड लागेको पाइन्छ ।
उमन म्यागेजिन पढ्छन्
सुन्दा अचम्म लाग्न सक्छ, तर महिलाहरुको लागि भनेर प्रकाशित गरिने उमन म्यागेजिन महिलाले भन्दा पुरुषहरुले बढी पढ्ने गर्दछन् । विभिन्न तथ्यांकहरुले पनि यो कुरा पुष्टि गरिसकेको छ ।
यो बेग्लै हो कि यसबारे धेरै पुरुषहरु खुलेर बोल्न चाहदैनन् ।
घरायसी काम गर्ने
यदी घरको काम महिलाहरुले मात्र राम्ररी गर्न सक्छन् भन्ने तपाई सोच्दै हुनु हुन्छ भने तपाई गलत सोच्दै हुनुहुन्छ । किनकी कयौ घरहरुमा यस्ता पुरुषहरु पनि छन्, जो खाना पकाउने, भाडा माझ्ने, लुगा धुने, घरको सरसफाई गर्ने लगायतका हरेक किसिमको घरायसी काममा निपूर्ण मानिन्छन् । अझ पछिल्लो समय वर्किङ्ग उमनको अवधारणा अगाडी आइरहेको बेला पुरुषहरुले घरको कामकाज गर्नुलाई अहिलेको समाजले खासै नराम्रो दृष्टिले पनि हेर्दैन ।
भक्तपुरकी सुजाता निरौला भन्छिन्, ‘पहिलेको तुलनामा अहिले हाम्रो समाज यति धेरै परिवर्तन भैसकेको छ कि कुनै बेला पुरुषले घरको काम गर्दा नराम्रो दृष्टिले हेर्ने यो समाज अहिले पुरुषले काम गर्दा प्रशंसा गर्न थालेका छन् ।’
प्रतिक्रिया 4