Comments Add Comment

एक हप्तामा वर्षाले खोस्यो ५० को चोला, ९ अझै बेपत्ता

विपद् न्यूनीकरणका लागि सुरक्षा एकाइ एलर्ट

फाइल फोटो

२७ असार, काठमाडौं । वर्षाले पछिल्लो एक हप्तामा देशभर ५० जनाको मृत्यु भएको छ । वर्षापछि तराईमा आएको बाढी र पहाडमा खसेको पहिरोले उनीहरुको मृत्यु भएको हो ।

असार १८ देखि देशका विभिन्न स्थानहरुमा परेको अविरल वर्षाका कारण ५० जनाको ज्यान गएकाे  मन्त्रालयले बताए पनि कुन जिल्लामा कतिको ज्यान गयो भन्ने खुलाएको छैन ।

९ जना अझै बेपत्ता छन् । बाढीमा बगाएर तथा पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन् । गृहले उनीहरुको खोजी भइरहेको जनाएकाे छ ।

तराईमा बाढी पछिको डुबान र पहाडमा गएको पहिरोले २२ जना व्यक्तिहरु घाइते भएका छन् । उनीहरुको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।

बाढी, पहिरो, डुबान र चट्याङबाट प्रभावितहरुको खोज, उद्धार तथा राहत वितरणका लागि सुरक्षाकर्मी, स्थानीय प्रशासन परिचालन गरिएको गृहले जनाएको छ । बाढी तथा पहिरोले पुर्‍याएका अवरोध हटाएर वैकल्पिक उपाय अवलम्बन गरिएको गृहको भनाइ छ ।

गृहका प्रवक्ता सुवेदीका अनुसार बाढी र पहिरोको सम्भावित क्षतिलाई रोक्न सुरक्षा एकाइ र स्थानीय प्रशासनलाई तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment