Comments Add Comment

उत्तम कार्कीसहित ८ डीआईजीको अनिवार्य अवकाश, अब एआईजी प्रतिष्पर्धामा ५ जना मात्रै

प्रहरी प्रधान कार्यालय ।

२९ असार, काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटै पद रिक्त रहँदै गर्दा प्रतिष्पर्धामा रहेका ५ जना डीआईजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् ।

एआईजी बढुवाको प्रतिष्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

उनीहरु २९ असार २०४५ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा आरम्भ गरेका अधिकृत हुन् ।

हाल कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खरेल प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, शाह मानव स्रोत विभाग, जोशी कार्य विभाग र चन्द प्रदेश ७ मा कार्यरत थिए ।

प्रतिष्पर्धामा रहे पनि समयमा सरकारले प्रक्रिया अघि नबढाउँदा बढुवा नभइ घर फर्किनु परेको ती अधिकृतहरुको गुनासो छ । आफूहरुमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरेको उनीहरुको दुखेसो छ ।

उनीहरुसहित अन्य ३ डीआईजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अवकाश पाउँदैछन् ।

योसँगै अब एआईजी बढुवाको प्रतिष्पर्धामा ५ जना डिआईजी बाँकी रहेका छन् । जसमा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी शैलेश थापाका क्षेत्रीका अनुसार शुक्रबारबाट अवकाश पाउने अधिकृतहरु कार्यरत सम्बन्धित कार्यालयमा विदाइ समारोह राखिएको छ ।

‘अहिले सम्बन्धित युनिटले उहाँहरुलाई विदाइ गर्छ । पछि एकमुष्टमा आईजी सा’ब लगायतबाट विदाइ कार्यक्रम गरिनेछ’, क्षेत्रीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment