Comments Add Comment

दीपकको जोडी दीपा, बर्षा र स्वस्तिमासँग जीतु-केदारको छमछमी(फोटो र भिडियोसहित)


काठमाण्डौ भित्र नै पर्ने गोकर्ण रिसोर्टमा जान त्यती सजिलो छैन । चाबहिलदेखि गोकर्णको गेटसम्म पुग्ने बाटोको दयनिय अवस्थाले हरेक दिन त्यो बाटो भएर यात्रा गर्ने यात्रूलाई सास्ती दिन्छ ।

सोही बाटो छिचोल्दै गोकणै रिसोर्ट भित्र पुगेपछि भने मनले अर्कै शित्तलता प्राप्त गर्छ । सोही रिसोर्ट भित्रको ठूलो चौरमा नेपाली चलचित्रका चर्चित कलाकारहरु एक अर्कासँगै जोडी बाधेर नृत्य गरिरहेका थिए ।

चाबहिलदेखि गोकर्णको दयनिय बाटो छिचोल्दै छायांकन स्थलमा पुगेपछि भने हाम्रो मन पनि आनन्दित भयो । नेपाली चलचित्रका चर्चित हाँस्य कलाकारदेखि अहिले चलेका नायिकाहरु सबैलाई एउटै गीतमा समेटेर कोरियोग्राफर कविराज गहतराजले एक गीतको छायांकन गरिरहेका थिए ।

दीपकराज गिरी र दीपाश्री निरौलाले मिलेर बनाइरहेको चलचित्र ‘छक्का पन्जा ३’मा समावेश ‘बैना स्विकार गरेर’ बोलको गीतको छायांकन भैरहेको थियो । पानीले अवरोध गरेका कारणले पनि विगत केही दिनदेखि यसको निर्माणपक्षले यसको गीतको छायांकन गरिरहेको थियो । बिन्दु परियार र डेभिड शंकरको आवाजमा रहेको यो गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द छ ।

‘छक्का पन्जा ३’को सुटिङ रिपोर्टको भिडियो यहाँ हेर्नुहोस्ः

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, वुद्दि तामाङ, प्रियंका कार्की, संजोग कोइरालाले नृत्य गरिरहेका थिए । साथमा, यो गीतमा नायिकाद्धय बर्षा राउत र स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ ।

दर्शकले चलचित्रकी निर्देशक दीपाश्री निरौलालाई पनि गीतमा देख्न पाउनेछन् । निर्देशक दीपाश्री निरौला यसपटक फरक कथावस्तु उठान गरेकाले चुनौती रहेको बताउँदै थिइन् । तर, कथावस्तुले दर्शकको मन छुने उनको भनाई थियो ।

निर्माता तथा कलाकार दिपकराज गिरी भने नायिका दीपिका प्रसाइलाई जोडी पाउँदा मख्ख देखिए । दीपिका भने दिपक निकै रोमान्टिक रहेको भन्दै दंग देखिएकी थिइन् ।

यता, जितु नेपाल र केदार घिमिरे आफूहरुले नृत्य गर्न नजानेपनि यसमा कोशिश गरेको बताउँदै थिए । नायिकाद्धय बर्षा राउत र स्वस्तिमा खड्काले भने ‘छक्का पन्जा’ टिमसँग आफूहरुको भावानात्मक सम्बन्ध पनि भएकाले यसपटक गीतमा मात्र भएपनि काम गरेको बताए ।
अघिल्ला २ सिरिजबाट बम्पर कमाएका दीपक र दीपा यसपटक झनै आशावादी देखिएका छन् । दशैमा रिलिज हुने चलचित्रले दर्शकको मन जित्नेमा विश्वस्त देखियो यो जोडी ।

कविराज गहतराज गीतको भिडियोलाई उत्कृष्ट बनाउन लागिपर्दा दंग र थकित दुबै देखिएका थिए । तर, जे जस्तो भएपनि ‘छक्का पन्जा’ भन्ने वित्तिकै दर्शकले एउटा उत्कृष्ट लोक लयको गीतको अपेक्षा गर्छन् । दीपक र दीपा संगीतकार दीपक शर्माको गीतबाट दर्शकको अपेक्षा पुरा हुनेमा ढुक्क देखिएका छन् ।

तस्बिर तथा भिडियोः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment