Comments Add Comment

भूकम्पले क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनर्निर्माण सम्पन्न

मुहान सुक्दै गएपछि डिपबोरिङ र लिफ्टिङ प्रणालीका आयोजना


३० असार, सिन्धुपाल्चोक  । विनाशकारी भूकम्पले क्षति बनाएको जिल्लाका खानेपानी आयोजनाको पुनर्निर्माण करिब सकिएको छ । भूकम्पपछि क्षतविक्षत बनेका सिन्धुपाल्चोकका विभिन्न क्षेत्रका खानेपानी योजनामध्ये ६ सयभन्दा बढी योजनाहरु पुनर्निर्माण सम्पन्न भएका हुन् ।

भूकम्पले क्षति बनाएका विभिन्न भौतिक संरचनामध्ये खानेपानी आयोजना छिटो सम्पन्न भएका हुन् ।

भूकम्पको दुई वर्षका बीचमा साना ठूला गरी ७ सय २१ खानेपानी योजनाहरुमा क्षति पुगेको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सिन्धुपाल्चोकको सक्रियतामा विभिन्न संघ–संस्था, नेपाल सरकारलगायतका निकायबाट आयोजना सम्पन्न गरी भूकम्पपीडितहरुलाई खानेपानी सहज बनाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जियिनर लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए ।

सदरमुकाम चौतारासहित साविकको आसपसाका ५ गाविसका झण्डै १० हजार स्थानीयले खानेपानी उपभोग गर्दै आएको जिल्लाको सबैभन्दा ठूलो खानेपानी आयोजना जुगल थालखर्क होल्चे खानेपानी आयोजना समेत पुनर्निर्माणसम्पन्न भएको छ । जाइकाको सहयोगमा अन्तर्राष्ट्रिय स्तरकै पाइपलगायतका सामग्रीहरु प्रयोग गरेर खानेपानी आयोजना पुनर्निर्माण गरिएको प्रमुख उपाध्यायले बताए ।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको गिरानचौर एकीकृत बस्तीका ४ सय बढी स्थानीयलाई खानेपानी सुविधाका लागि साढे ४ करोडको लागतमा खानेपानी आयोजना भटाभट निर्माण भइरहेको छ ।
खानेपानी डिभिजनले झण्डै ५ करोड हाराहारी लगानीमा जिल्लास्थित ६५ वटा खानेपानीका योजना पुनर्निर्माण सम्पन्न भएका हुन् । भूकम्पपछिको पहिलो वर्षमा छिटफुट मात्र खानेपानी योजना सम्पन्न भएपनि पछिल्लो वर्ष खानेपानीको काम तीव्र बनाइएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर शम्भु खनालले बताए । अघिल्लो वर्ष ३० हाराहारीमा खानेपानी योजनाका पुनर्निर्माणसुरु गरिएको थियो । यसवर्ष विभिन्न ३९ खानेपानी योजनाको काम नै सम्पन्न गरिएको खानेपानी डिभिजनले जानकारी दिएको छ । ‘हामीले ६५ योजना सम्पन्न गर्‍याैं । संघसंस्थाले हामीसँग समन्वय गरि ३ सय बढि योजनाका संरचना पुनर्निर्माणगरेका छन्’, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर शम्भु खनालले भने ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले जिल्लाका अधिकांश खानेपानी आयोजनाहरुमा क्षति पुर्‍याएको थियो । जिल्लास्थित विभिन्न ठाउँमा गरी ६ सय ९१ खनेपानी आयोजनामा भूकम्पले क्षति पुर्‍यायाे भने विभिन्न गाउँ विकास समितिमा स्थानीयले उपभोग गर्दै आएको खानेपानीको मूल नै भूकम्पपछि सुकेका थिए ।


६ सय ९१ आयोजनामा गरि भूकम्पले ७४ करोड बराबरको क्षति पुर्‍याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जानकारी दिएको छ । हालसम्म ४ सय योजना पुनर्निर्माण भएपनि जिल्लाको खानेपानीको अवस्था सुधार गर्न अझै केही वर्ष लाग्ने कार्यालयले जानकारी दियो ।

नेपालमा नै पहिलो पटक नयाँ प्रविधिको पाइप

जुगल थालखर्क होल्चे खानेपानीमा नेपालमा नै पहिलो पटक नयाँ प्रविधिको पाइप मार्फत खानेपानी आयोजना सम्पन्न गरिएको छ । डीआई इन्टर लक पाइप बाट खानेपानीको पाइ गाडीएको डिभीजन कार्यालयका प्रमुख उपाध्यायले बताए । ६६ करोड रुपियाँको लागतमा यो आयोजना सम्पन्न भएको थियो । चौतारा बजारबाट झण्डै २० किलोमिटर माथी सेलाङको मुहानबाट खानेपानी ल्याइएको छ । बाढी पहिरोले सधै पाइप बगाउने भएपछि झोलुङ्गे पुल बनाएर पाइप ल्याइएको जुगल थालखर्क होल्चे खानेपानी समितिका अध्यक्ष सुभाष कर्माचार्यले जानकारी दिए ।

मुहान सुकेपछि लिफटिङ प्रणाली

भूकम्पले यस अघिका खानेपानीको मुहान सुक्दै गएपछि खानेपानी आफुर्तीलाई निरन्तरता दिनका लागि जिल्लाका धेर स्थानमा सोलार लिफटीङ गरेर खानेपानी आयोजनाहरु सुरु गरिएको छ ।

कतै डिप बोरीङ,कतै लिफटीङ गरेर स्थानीयलाई खानेपानी सुविधा दिन सुरु गरिएको छ खानेपानी तथा सरसफाई डिभीजन कार्यालयका प्रमुख उपाध्ययाले भने । संघ संस्था र र सरकारी निकायको समन्वयमा यो प्रविधिमार्फत खानेपानी आयोजनाहरु कतै सुरु गरिएको घभने कतै सम्पन्न भएको छ ।

साँगाचोकमा डिप बोरिङ बाट खानेपानी सहज बनाइएको छ भने सानोसिरुवारी इर्खु लगायतका जिल्लाका दर्जन बढी स्थानमा लिफ्टीङ गरेर खानेपानी सूचारु गरिएको उपाध्यायको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment