Comments Add Comment

मन्दिर किन धाउने ? यी हुन् १० लाभ

मन्दिर जानु, पूजाआजा गर्नुको अर्थ भगवानलाई खुसी तुल्याउनु मात्र हो ? आफ्नो मनोकांक्षा पुरा गराउनु मात्र हो ? किन यत्तिका मन्दिर बनाइए होलान् ? किन भक्तिभावको संस्कार बसाइए होलान् ? यवत् प्रश्नहरु स्वभाविक रुपमा उब्जन्छन् ।

मन्दिर धाउनु, पूजाआजा गर्नु भनेको भगवानलाई खुसी तुल्याएर त्यसको बदलामा आफ्नो इच्छा पुरा गराउनु होइन । यी त आस्थाको कुरा हुन् । तर, यही आस्थासँग जोडिएका केही कुरा छन्, जो मानव जीवनका लागि अति महत्वपूर्ण र अपरिहार्य पनि छन् ।

के हो मन्दिर ?

मन्दिर को अर्थ हुन्छ, मनबाट टाढा कुनै स्थान । उसो त मन्दिरको शाब्दिक अर्थ घर पनि हुन्छ । सामान्यतया मन्दिरलाई नै बुझाउने भए पनि देवालय, शिवालय, रामद्वारा, गुरुद्वारा, जिनालय आदिको अर्थ फरक फरक हुन्छ । अझ विशेष कुरा त अंग्रेजीमा टेम्पल भनिने शब्दले मन्दिरको अर्थ वहन गर्दैन । अर्थ जेसुकै भए पनि मन्दिरप्रति नेपालीहरुको आस्था प्रगाढ छ ।

यद्यपि हिजोआज मन्दिर जाने संस्कारमा पनि परिवर्तन देखा परेको छ । घरनजिकै मन्दिर हुन्छ तर बाहिरैबाट यसो हात जोडेर बाटो लाग्ने, मन्दिरभित्र नछिर्ने प्रचलन बढेको छ । यति गरेपछि आफ्नो कर्तव्य पूरा हुन्छ भनी ठान्नेहरुको संख्या बढ्दो छ । उनीहरुको भनाइ हुने गर्छ, मनमा श्रद्धा हुनुपर्छ । मन्दिर गइरहनुपर्छ भन्ने छैन ।

मन्दिरमा हात जोडेर उभिने गरिन्छ । यसो गर्दा फोक्सो तथा मुटुलाई फाइदा पुग्छ । यसबाट रोगप्रतिरोधक शक्तिको विकास हुन्छ । हत्केला तथा औंलामा विद्यमान त्यस्ता विन्दुहरुमा दबाब पर्छ जुन शरीरका हरेक अंगसँग जोडिएका हुन्छन्, जसबाट ती अंगहरुमा शक्तिको सञ्चार हुन्छ ।

हुन त व्यस्तताका कारण सधैंभरि मन्दिर जाने फुर्सद पनि आजका मानिसलाई हुँदैन । तर यसो भन्दैमा मन्दिर निर्माण गर्नु तथा मन्दिर जानुका पछाडि जुन रहस्य लुकेको छ त्यसलाई अनि अध्यात्मको मर्मलाई नबुझ्नु राम्रो होइन । वास्तविकता के छ भने मन्दिरले हामीलाई हरेक प्रकारको संकटबाट बचाउँछ । हरेक दिन मन्दिर जानुका अनेकौं लाभ छन् । केकस्ता छन् त ती कुरा ? हेरौँ,

नियमित मन्दिर जाँदा यस्ता संकटबाट बच्न सकिन्छः

आकस्मिक दुर्घटनाः प्रतिदिन मन्दिर जाने हो भने जीवनमा आइलाग्ने आकस्मिक दुर्घटनाबाट जोगिन सकिन्छ । कसैले हत्या गर्ला कि भन्ने डर रहँदैन । मनमा कहिल्यै पनि आत्महत्या गर्ने विचार उत्पन्न हुँदैन । जीवन शान्त तवरले बित्छ ।

भूतप्रेतको डरः नियमित मन्दिर जाने व्यक्तिको मनमा सकारात्मकता एवं आध्यात्मिक बल प्रचूर मात्रामा हुन्छ । यसका कारण भूत, प्रेत, पिचास, मसान, मुर्कुट्टाजस्ता नकारात्मक ऊर्जा त्यस्ता व्यक्तिबाट टाढै रहन्छन् । मन्दिर गएका कारण उसको जीवन भयमुक्त बन्दछ ।

ग्रह बाधाः नियमित मन्दिर जाने मानिसलाई कुनै पनि प्रकारको ग्रह एवं नक्षत्रको नकारात्मक असर पर्दैन । ग्रहबाधाबाट मुक्त भइन्छ । साढेसाती शनिदशा, मंगल दोष, राहुको महादशाजस्ता कुनै पनि दशाले रौँसम्म झार्न सक्दैनन् ।

रोग वा बिरामी हुने भयः नियमित नियमपूर्वक मन्दिर जाने मानिसलाई कुनै पनि प्रकारको रोग तथा बिरामी हुने डर रहँदैन । त्यस्ता व्यक्ति व्रत, उपवास, यम, नियम आदि पालन गर्ने हुन्छन् । उनीहरुको आहारविहार पनि सन्तुलित हुन्छ । तसर्थ यस्ा प्रकारका व्यक्ति हरेक प्रकारका रोगबाट टाढा रहन्छन् ।

शोक वा दुःखः मन्दिर जाने बानीले मानिसमा विश्वास एवं आत्मबलको सञ्चार हुन्छ जसका कारण मनमा कुनै पनि प्रकारको शोकसुर्ता रहँदैन । उसमा हरेक अवस्थामा समभावमा रहनसक्ने शक्तिको विकास हुन्छ । हरेक परिस्थिति उसका लागि सामान्य बन्ने हुँदा ऊ कहिल्यै पनि शोकमा पर्दैन ।

अड्डा, अदालत, जेलः नियमित मन्दिर जाने मानिसमा कुन सही र कुन गलत भनेर छुट्याउन सक्ने क्षमता विकास हुन्छ । ऊ कुनै पनि प्रकारको फाल्तु झगडामा फस्दैन । ऊ आफ्नै सोझो बाटोमा हिँड्ने भएकाले कुनै पनि प्रकारको झैझमेला एवं मुद्दामामिलामा फस्दैन ।

तन्त्र, मारण, मोहन, उच्चाटन आदि भयः मन्दिर जाने व्यक्तिलाई कुनै पनि शत्रुले गरेको तन्त्र, मन्त्र, मारण, मोहन, उच्चाटनजस्ता आसुरी विद्याको प्रभावले छुँदैन । एक मात्र ईश्वरप्रति श्रद्धाभाव राखेर मन्दिर जाने व्यक्तिलाई कुनै पनि नकारात्मकताले छुन सक्दैन । उसमा अन्धविश्वास रहन पाउँदैन तसर्थ कुनै पनि अन्धविश्वासपूर्ण विद्याले उसको दृढ मनलाई कमजोर तुल्याउन सक्दैन ।

ऋणमुक्तः प्रतिदिन मन्दिर जाने व्यीक्तको जीवनमा कहिल्यै पनि संकट आउँदैन र ऊ ऋणमा पनि डुब्दैन । सानातिना ऋण भइहाले पनि त्यसले कुनै फरक पार्दैन । ऋण लिनुअघि सोच्ने शक्तिको विकास हुन्छ भने धेरैजसो त ऋण लिनुपर्ने अवस्था ने सिर्जना हुँदैन ।

रोजगारः बेरोजगार मानिस नियमित मन्दिर जान सुरु गर्‍यो भने उसले केही दिनमै भरपर्दो रोजगारी पाइहाल्छ । मन्दिर नियमित जाने व्यक्तिलाई यस्तो समस्या कहिल्यै आउँदैन पनि । मनमा कुनै पनि प्रकारको बोझ नलिई हरेक काम ईश्वरप्रति नै समर्पण गरेर कर्म गर्ने भएकाले यस्ता व्यक्तिले बेरोजगार बसिरहनु पर्दैन । सृष्टिले नै उसका लागि काम गर्ने वातावरण सिर्जना गराइदिन्छ ।

चिन्ता एवं तनावः आम मानिसमा अनावश्यक भयका कारण चिन्ता तथा तनाव सिर्जना हुन्छ । तनावपूर्ण अवस्थामा बसेकै कारण उसलाई गम्भीर किसिमका रोगले आक्रमण गर्नसक्छन् । नियमित मन्दिर जाने मानिसमा त्यस्तो प्रकारका कुनै डर नहुने भएकाले उसको मन सदा प्रसन्न एवं तनावरहित हुन्छ ।

घरझगडाः प्रत्येक दिन मन्दिर जाने मानिसको मन मस्तिष्कमा चिन्ता, क्रोध एवं कलहको बीउ बाँकी रहँदैन । उसले घरमा समेत खुसियाली छर्दछ । उसको समझदारीका कारण घरका हरेक सदस्यमा पनि आपसी मिलाप एवं परस्परमा प्रेमभाव विद्यमान हुन्छ । फलस्वरुप घरझगडा हुने डर बाँकी रहँदैन ।

मन्दिर जाँदैमा माथि भनिएका कुरा कसरी घटित हुन्छन् त ?

-मन्दिरमा शिखर वा गुम्बज हुन्छन् । गुम्बजमा टकराएर ऊर्जा एवं धवनि तरंग मानिसमाथि पर्दछ  यस्ता परावर्तित तरंग मानव शरीरको आवृत्ति बनाइराख्न सहायक हुन्छन् । यसरी मानिसको शरीरले क्रमशः मन्दिरको भित्री वातावरणसँग सामञ्जस्य स्थापित गर्दछ । यसबाट मानिसले असीम सुखको अनुभव गर्दछ । पहिले स्थापना गरिएका हरेक मन्दिरहरु पृथ्वीका धनात्म ऊर्जाका केन्द्र हुन् ।

-प्राचीन मन्दिरहरु आकाशीय ऊर्जाका केन्द्रमा स्थापित छन् । यस्ता धनात्मक ऊर्जा केन्द्र भएका मन्दिरमा खाली खुट्टा जाँदा मानिसको शरीरमा एक किसिमको ऊर्जाको प्रवाह चल्न थाल्छ । उक्त व्यक्ति जब मूर्तिका अगाडिी हात जोड्छ उसको शरीरमा ऊर्जा चक्र चलायमान हुनथाल्छ । जब व्यक्ति मूर्तिका अगाडि शिर निहुराउँछ तब मूर्तिबाट परावर्तित हुने आकाशीय तरंग उसको मस्तिष्कमा पर्छ र मस्तिष्कस्थित आज्ञा चक्रमा असर पार्छ । यसबाट शान्ति प्राप्त हुन्छ भने मनमा सकारात्मक विचार पैदा हुन्छ । दुःखपीडा निवारण हुन्छ अनि भविष्य पनि उज्ज्वल हुन्छ । नांगो खुट्टा भुइँमा हिँड्नाले पाइतालाको पोइन्टमा दबाब पर्छ र ब्लड प्रेसर नियन्त्रित हुन्छ ।

-मन्दिरमा प्रवेश गर्नुअघि नुहाउनु त छँदै छ, शरीर एवं इन्दि्रय शुद्ध बनाउनका लागि आचमन गर्नुपर्छ । आचमन ३ पटक गर्नुपर्छ । आचमन गर्नाले शरीर तथा मन शुद्ध हुन्छ ।

-पूजा एक प्रकारको रासायनिक क्रिया हो । यसबाट मन्दिरको भित्री वातावरणमाको पीएच भ्यालु कम हुन्छ, जसबाट मानिसको पीएच भ्यालुमा असर पर्छ । यो आयोनिक क्रिया हो जसले शारीरिक रसायनलाई बदलिदिन्छ । यो क्रियाले अनेकौं प्रकारको रोग ठीक बनाउँछ । यो क्रिया औषधि खुवाएर पनि गराउन सकिन्छ, मन्दिर जानाले यो स्वतः हुन्छ ।

-प्रार्थनामा अद्भुत शक्ति हुन्छ । प्रार्थना गर्ने व्यक्ति इथरको माध्यमबाट ईश्वरसम्म पुग्न सक्छ । मानसिक वा वाचिक प्रार्थनाको ध्वनि आकाशसम्म पुग्दछ । प्रार्थना सच्चा, निष्कपट एवं सकारात्मक छ भने प्रकृतिले नै इच्छित कुरा पूरा गरिदिन्छ । अर्को कुरा प्रार्थना गर्नाले मनमा विश्वास एवं सकारात्मकताको भाव जागृत हुन्छ, जसले जीवनको विकास एवं सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

-प्रतिदिन मन्दिर गएर निधारमा टीका लगाइन्छ । चन्दनको टीका लगाउनाले शान्तिको अनुभव हुन्छ, एकाग्रता वृद्धि हुन्छ । यसबाट प्रचूर आध्यात्मिक लाभसमेत प्राप्त हुन्छ ।

-मन्दिरमा बज्ने घन्टले मानिसको मन एवं मस्तिष्कलाई हिलिङ गर्छ । शोधकर्ताहरुका अनुसार मन्दिरको घन्टको एकपटकको ध्वनि मानिसको कानमा ७ सेकेन्डसम्म गुन्जिरहन्छ । यसबाट मन एवं मस्तिष्कमा ऊर्जाको सञ्चार हुन्छ । मस्तिष्कमा असीम शान्ति फैलन्छ । शरीरको इनर्जी लेभल वृद्धि हुन्छ । शारीरिक एवं आत्मिक शान्तिका कारण शक्तिमा बढोत्तरी हुन्छ ।

-मन्दिरमा हात जोडेर उभिने गरिन्छ । यसो गर्दा फोक्सो तथा मुटुलाई फाइदा पुग्छ । यसबाट रोगप्रतिरोधक शक्तिको विकास हुन्छ । हत्केला तथा औंलामा विद्यमान त्यस्ता विन्दुहरुमा दबाब पर्छ जुन शरीरका हरेक अंगसँग जोडिएका हुन्छन्, जसबाट ती अंगहरुमा शक्तिको सञ्चार हुन्छ ।

-मन्दिरको वातावरण सुगन्धित हुन्छ । यस्तो वातावरणले मन तथा मस्तिष्कमा शान्ति प्रदान गर्छ । यस्तो वातावरणमा व्याक्टेरिया रहन सक्दैन, भाइरल इन्फेक्सन हुने खतरा कम हुन्छ किनभने मन्दिरको धूवाँमा कपूर बालिएको हुन्छ । कतिपय व्याक्टेरिया त शंख एवं घन्टको आवाजबाट नै नष्ट हुन्छन् ।

-हरेक दिन मन्दिर जाने व्यक्तिमा तनाव, चिन्ता, अवसाद एवं मानसिक रोग हुँदैन । तर यसका लागि मन्दिर गएर हात जोडेर मात्र पुग्दैन । नियमपूर्वक प्रार्थना, पूजा वा जपपाठ गर्नुपर्छ । मन्दिर गएर उभिने अनि जे मनमा आयो सोही कुरा बडबडाउँदै र्फकने गर्नाले कुनै पनि किसिमको लाभ प्राप्त हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment