+
+
Shares

ह्वाट्स एपको एउटा म्यासेजले इञ्जिनियरको ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३२ गते ८:१२

३२ असार, नयाँ दिल्ली । भारतको कर्नाटकमा बच्चा चोरी गरेको शंकामा मानिसहरुको जमातले कुटपिट गर्दा मृत्यु भएका इञ्जिनियरको मृत्युको कारण एउटा ह्वाट्स एप सन्देश बनेको छ । जुन कुटपिटभन्दा आधा घण्टा पहिले पठाइएको थियो ।

स्थानीय प्रहरी अधिकारीको भनाइलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘त्यो सन्देश मनोज पाटिल नामको एक स्थानीय व्यक्तिले पठाएको थियो । यो घटनामा अहिलेसम्म ३० जना पक्राउ परिसकेका छन् । जसमध्ये एक पाटिल पनि हुन् ।’

पाटिलले ह्वाटस एपमा सन्देश पठाएका थिए, ‘रातो कारमा जाँदै गरेका व्यक्ति भाग्न नपाओस् । त्यो बच्चा चोर हो ।’

त्यो सन्देशसँगै बच्चालाई चकलेट बाँडिरहेको भिडियो पनि एट्याच गरिएको थियो । कर्नाटकको बिदर जिल्लाको मुरकी र आसपासको गाउँको ह्वाट्स एप समूहमा त्यो सन्देश पठाइएको थियो ।

प्रहरी अधिकारीका अनुसार म्यासेज पठाउने मनोज पाटिलले विभिन्न ह्वाट्स एप ग्रुप चलाउने गरेका छन् । अहिलेसम्मको अनुसन्धानले कारमा गइरहेका ४ जनामाथि हमला हुनुको कारण त्यही ह्वाट्स एप म्यासेज भएको खुलेको छ ।

‘ह्वाट्स एपमा म्सेज भाइरल भएपछि मानिसहरुले कारलाई पछ्याउन थालेका थिए । र, त्यसमा रहेका ४ जनालाई हमला गरेका थिए । जसमा रहेका एक जनाले ज्यान नै गुमाए’, प्रहरी भन्छ, ‘मारिने ३२ वर्षीय मोहम्मद आजम हैदरावादको मलकपेट बस्ने व्यक्ति हुन् । र, उनी गुगुलको एक प्रोजेक्टमा काम गरिरहेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?