Comments Add Comment

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

३२ असार, विराटनगर । मोरङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

विराटनगरमा सोमबार एक कार्यक्रमकाबीच जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । योसँगै मोरङ जिल्ला पूर्ण खोप सुनिश्चित गर्ने ५५ औं जिल्ला बनेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समाजिक विकास मन्त्री जीवन घिमिरेले गमलाका रहेको फूलको विरुवामा पानी हाली जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए ।

जिल्लालाई जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा गर्दै उनले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएपनि भोलिका दिनमा यसलाई निरन्तरता दिने कुरामा सबैको ध्यान जान जरुरी भएको बताए ।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै मन्त्री घिमिरेले पूर्ण खोप सुनिश्चित गर्नका लागि खो कार्यक्रमलाई निरन्तरता दिदै यसलाई चलाखीपूर्ण रुपमा निगरानी गर्ने आवश्य रहेकोमा जोड दिए ।

मन्त्री घिमिरेले यदी खोप कार्यक्रमलाई निरन्तरता दिन नसकेको खण्डमा भविस्यमा फेरी महामारी रोग फैलिन सक्नेप्रति सवै सजग हुनेपर्ने बताए ।

कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रोलले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि तयार परिएको प्रतिवद्धता पत्र पढेर सुनाएका थिए ।

जिल्ला जनस्वास्थ्य मोरङका निमित्त प्रमुख रमानन्द यादवले जिल्लाका १५ महिना उमेर पुगेका सबै बाल बालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिए ।

०७० सालमा मोरङ जिल्लाको साविकको लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो ।

पछिल्लो समय ०७५ सालमा सुन्दर हरैचालाई पूर्ण खोप सुनिश्चित नगरपालिकाको घोषणा गरिएको थियो ।

मोरङका १ महानगर ८ नगरपालिका र ८ गाउँपालिका सहित १७ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोणण भइसकेको छ ।

कार्यक्रममा मोरङ जिल्लामा ३३३ खोपकेन्द्र मार्फत ११ सरुवा रोगविरुद्ध २० हजार हजार ७५ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment