Comments Add Comment

भुटानमा सिकेको प्रविधि पोखरामा प्रयोग ! प्लास्टिक पेलेर सडक पिच

१ साउन, पोखरा । पोखरालाई प्लास्टिकका झोला र गिलास निषेधित नगर बनाउने घोषणा घोषणामै सीमित रहृयो । प्रयोग भएका प्याटिकका झोला र गिलासहरुको व्यवस्थापन अहिले ठूलो समस्या बनेको छ ।

तर, पोखराका युवाले प्लास्टिक प्रयोग गरेर सडक पिच गर्न सकिने बताएका छन् । गि्रन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीका युवाले प्लास्टिक पेलेर बाटो पिच गर्ने प्रविधि विदेशमा सिकेर पोखरामा प्रयोग गरेका हुन् ।

प्लास्टिकले वातावरणमा पार्ने प्रभावलाई कम गर्न र यसको वैकल्पिक बाटो पहिल्याउँदै युवाहरुले प्लास्टिक पेलेर १ सय मिटर बाटो पिच गरेरै देखाएका छन् । पोखरा-१४ अनुपम टोलमा प्लास्टिक पेलेर गरिएको सडक पिच मंगलबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अवलोकन तथा उद्घाटन गरेका छन् ।

कम्पनीले मेकानिकल इन्जिनियर विमल बास्तोला र सिभिल इन्जिनियर राजीव सुवेदीलाई प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधिको एक हप्ते तालिम लिन भुटान पटाएको थियो । भुटानबाट फर्केपछि उनीहरुले पोखरा-१४ मा एक सय मिटर परीक्षणका लागि सडक पिच गरेका हुन् । प्लास्टिकको प्रयोग गरेर बनाइने यस किसिमको सडकको सुरुवात सन् २००१ मा भारतबाट भएको कम्पनीका संस्थापक विमल बसेलले जानकारी दिए ।

‘प्लास्टिकले वातावरण र मानवीय स्वास्थ्यमासमेत असर पार्छ । फोहोरका रुपमा फालिने प्लास्टिकको प्रयोगले बाटो पिच गर्ने प्राविधिअनुसार सस्तो पर्न जान्छ’ अध्यक्ष बसेलले भने, ‘यो प्राविधि बलियो, भरपर्दो र टिकाउसमेत हुन्छ ।’

एक सय मिटर सडक पिच गर्न ३ सय केजी प्लास्टिक लाग्ने इन्जिनियर राजीव सुवेदीले जानकारी गरे । यो प्राविधिअनुसार २ हजार ४७५ केजी अलकत्र खपत भएको र त्यसमा प्लास्टिकको मात्रा ८ देखि १६ प्रतिशतसम्म प्रयोग गरिएको छ ।

सडक पिच गर्दा पैसासमेत कम लाग्ने कम्पनीको दाबी छ । सबै प्रविधि बाहिरबाट ल्याएर पिच गर्दा पनि २० हजार रुपैयाँभन्दा कम परेको इन्जिनियर सुवेदीले बताए । पोखरा महानगरपालिकाले उपकरण नै खरिद गरेर प्लास्टिकबाट सडक पिच गर्ने योजना ल्याए चलिरहेको प्राविधिभन्दा धेरै सस्तो पर्ने उनको दाबी छ ।

बिटुमिन, प्लास्टिक, बालुवा, चिप्सलाई मिसाई पकाइएको इन्जिनियर बिमल बास्तोलाले जानकारी दिए । जग्गा भएका प्लास्टिकलाई ससाना टुक्रा पारेर धोएपछि मात्र प्रयोग गरिने उनको भनाइ छ ।

प्लास्टिकको प्रयोगबाट रोड पिच गर्ने प्रविधि नेपालमा पहिलो भएको कम्पनीको दाबी छ । पोखराको बजार क्षेत्रबाट बगाएर सबैभन्दा बढी पोखरा-१४ क्षेत्रमा पुर्‍याउने भएकाले सोही क्षेत्रमा परीक्षण सडक बनाइएको अध्यक्ष बिमल बसेलले भनाइ छ ।

प्लास्टिकका बोत्तल, ठूला पाइपबाहेक गुड्कादेखि चाउचाउका खोलसम्म यो प्रविधिअनुसार सडक पिच गर्न प्रयाग गर्न सकिने कम्पनीको दाबी छ । एक किलोमिटर सडक निर्माण गर्दा १ टर्न प्लास्टिकको प्रयोग हुने र १ टन अत्रकत्रको बचत हुने उनीहरुको भनाइ छ । प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधिले बिनामूल्य फालिने फोहोर प्लास्टिकले मूल्य पाउने, ल्यान्ड फिल साइडको आयु बढ्ने, अरु प्रविधिभन्दा सडक बलियो हुने, भारवाहन क्षमता बढी हुने, अलकत्रको मात्रा कम लाग्ने इन्जिनियर सुवेदीले बताए ।

१६ वर्षको अवधिमा भारतमा १ लाख किलोमिटर सडक यही प्रविधिअनुसार निर्माण भएको तथ्यांकले देखाएको छ । भुटान, अस्ट्रेलिया लगायतका देशमा यो प्रविधिबाट धमाधम सडक पिच भइरहेको कम्पनीको भनाइ छ ।

पोखरामा यो प्रविधि लागु भए अन्य आसपासका जिल्लाबाटसमेत प्लास्टिक खरिद गरेर ल्याउन सकिने उनीहरुको भनाइ छ । तथ्यांकअनुसार पोखरा पोखराका विभिन्न ठाउँबाट २० टनको हाराहारिमा प्लास्टिक ल्यान्डफिलमा पुग्ने गर्छ । करिब १० टन प्लास्टिक ल्यान्डफिलसम्म नपुगेर फोहोर पार्ने, जलाउने लगायतको काम हुने बताइएको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले समस्या उत्पन्न गराइरहेको प्लास्टिकको यसरी प्रयोग गर्न सक्ने हो भने फाइदा लिन सकिने बताए । व्यवहारमै उतारेर देखाउनुलाई मेयर जिसीले राम्रो कामको थालीको रुपमा लिएका छन् । पोखरालाई प्लास्टिकमुक्त घोषणा गरिए पनि मुक्त नभइ न्यूनीकरणमात्रै गर्न सकिने उनको भनाइ थियो ।

प्लास्टिकको प्रयोगबाट सडक पिच गर्ने प्रविधि चलिरहेको प्रविधि मध्ये कुन टिकाउ र भरपर्दो हुन्छ भन्ने परीक्षण गरिने मेयर जिसीले बताए ।

वडा नम्बर १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले प्लास्टिक पोखरा समस्या बन्दै गएको बताए । वडा नम्बर १३ का अध्यक्ष रामबहादुर कार्कीले प्लास्टिक मात्रै नभएर फोहोरमैला व्यवस्थापनकै पोखराले वैकल्पिक तरिका अपनाउनु पर्ने बताए ।

ग्रिन रोडका सञ्चालक शिव नेपाली र लक्ष्मीराज भट्टराईले प्लास्टिकको प्रयोगबाट सडक पिच प्रविधि नेपालीमै नौलो भएको बताए । गि्रन रोडले फोहोर व्यवस्थापनको काम पनि गर्दै आएको उनीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment