Comments Add Comment

पश्चिम सेती कम क्षमतामै बनाउन थ्री गर्जेजसँग वार्ता गर्ने निर्णय

प्रतीकात्मक तस्वीर

१ साउन, काठमाडौं । पश्चित सेती जलविद्युत आयोजनाको कम क्षमतामा बनाउन चिनियाँ कम्पनी थ्री गर्जेजसँग वार्ता गरिने भएको छ ।

लगानी बोर्डको मंगलबार बसेको बैठकले सुझाव समितिको प्रतिवेदन अनुसार आयोजनाको क्षमता घटाएर बनाउन चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको हो ।

प्रतिवेदनमा ७५० लाई घटाएर ५५० देखि ६२० मेगावाटको बनाउँदा आयोजना फजिबल हुने सुझाव रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । यस्तै चिनियाँ कम्पनीले १० वर्षसम्म डलरमा पीपीए हुने व्यवस्था बढाउन चाहेको छ । यसलाई बढाउने प्रस्ताव सकारात्मक रहेको बोर्डले जनाएको छ ।

दुबै विषयमा चिनियाँ पक्षसँग वार्ता गर्न बोर्डले निर्देशन दिएको छ ।  समितिको रिपोर्ट हेरेपछि बोर्डले चिनियाँ पक्षसँग वार्ता गर्न निर्देशन दिएको छ’ उनले भने ।

१ खर्ब ९० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणका लागि थ्री गर्जेजले ७५ प्रतिशत र विद्युत प्राधिकरणले २५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ ।

तर, थ्री गर्जेजले ७५० मेगावाटमा बनाउँदा लागत महंगो पर्ने भन्दै ६०० मा झार्न प्रस्ताव गर्‍यो । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले यो प्रस्ताव अस्वीकार गरे । तर, २५ फागुनमा लगानी बोर्डले यसबारे अध्ययन गर्न सुझाव समिति बनायो । समितिले आफैं बनाउने वा कम क्षमतामा बनाउन थ्री गर्जेजलाई दिने विकल्प सुझायो ।

तर, बजेटमा पश्चिम सेती नेपाल सरकार आफैंले बनाउने घोषणा भयो। तर, लगानी बोर्डले भने चिनियाँ कम्पनीले नै बनाउने धारणा सार्वजनिक गरेपछि आयोजना निर्माण थप अन्यौलमा परेको थियो ।

बैठकले काठमाडौंको एकीकृत फोहोर व्यवस्थापनबारे पहिलो प्याकेजको पीडीए स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment