Comments Add Comment

पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु

७ साउन, वीरगञ्ज । जिल्लाको पर्सागढी नगरपालिका–३ बढनिहारमा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर ३५ वर्षीय जुमाद्दिन मन्सुरीको मृत्यु भएको हो । चलिरहेको टिभीलाई समातेर घुमाउन खोज्दा मन्सुरीलाई करेन्ट लागेको थियो ।

उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
मन्सुरीको शव पोष्टमार्टमका लागि अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

अस्पतालको लापरबाहीले बच्चा मरेको दावी

यसैबीच, वीरगञ्ज हेल्थ केयर अस्पतालको लापरबाहीले बच्चाको मृत्यु भएको दाबी आफन्तले गरेका छन् ।

हेल्थ केयरमा उपचारको क्रममा वीरगञ्ज–११, मुर्ली बस्ने रुक्साना खातुनको ७ दिने छोराको गत साउन ५ गते मृत्यु भएको थियो । सामान्य स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि लगिएकोमा अस्पतालको लापरबाहीले नै बच्चाको मृत्यु भएको दावी गर्दै आफन्तले छानबिनको माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment