Comments Add Comment

डिवाईसी लिस्नु कपको क्वार्टरफाइनलमा


बुटवल, ८ साउन । दुर्गा मन्दिर क्लब (डीवाईसी) रुपन्देहीको कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पशुपति माविको मैदानमा सोमबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा सडन डेथमा फुलबारी गाइज बुटवललाई स्तब्ध बनाउंदै सियारी गाउपालिका-१ को डिवाईसी विजयी भएको हो । निर्धारित समयमा २/२ गोलको बराबरी र अतिरिक्त समयमा दुबै टिमको गोल नभएपछि खेल सडन डेथमा पुगेको हो ।

सडन डेथमा फुलबारी गाइजका गोलकिपर किरण क्षेत्रीको प्रहार डिवाईसीका गोलकिपर टेकेन्द्र थापाले रोकिदिएपछि डिवाईसी विजयी भएको हो । मंगलबारको खेलमा तीन विदेशी खेलाडी मैदानमा उतारेको डिवाईसीका गोलकिपर टेकेन्द्र थापा म्यान अफ द म्याच भए ।

बुधबार फर्साटिकर युवा क्लव फर्साटिकर र भैरव एफसी सिद्धार्थनगर बीच खेल हुने क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।

साउन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११,पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलसहित रुपन्देही, नवलपरासी, दाङ, स्याङ्जा र चितवनका गरी १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment