१४ साउन, काठमाडौं । साउन महिना हिन्दू धर्माबलम्बीका लागि विशेष महिना मानिन्छ । साउन महिनामा भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् ।
साउन महिनाको अर्को आकर्षण हो, बोलबम यात्रा । शिवभक्त हिन्दू धर्माबलम्बीहरु पहेँलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिँडेर बोलबम यात्रा गर्छन् । साउन महिनाको सोमबार अझै विशेष मानिन्छ ।
काठमाडौंको पशुपतिनाथमा सोमबार पूजाआजा गर्नेहरुको बाक्लो भीड लाग्छ । त्यतिमात्रै होइन । पशुपतिनाथदेखि बोलबम यात्रा सुरु गर्ने वा अन्य शिवमन्दिरहरुबाट पशुपतिनाथसम्म बोलबम यात्रा पनि गरिन्छ ।
यो सोमबार पनि पशुपतिनाथमा बोलबम यात्रीहरु भेटिए । बोलबम यात्रीमा बालकदेखि वृद्धसम्म थिए ।
हेर्नुस् तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4