Comments Add Comment

मिटर ब्याजले डुबायो ! यस्तो नोट लेखेर वेपत्ता भए ढुंगाना

प्रहरी भन्छः प्रमाण हुँदैन कसरी कारबाही गर्नु ?

१४ असार, पोखरा । पोखरा चोर साँघुबाट सेती नदी पुलबाट एक युवा बेपत्ता भए । पोखरा सभागृह नजिकै ट्रेडस सञ्चालन गर्दै आएका फणिन्द्र ढुंगाना बेपत्ता भएका थिए ।

पुलको छेउमै स्कुटर रोकेर पुलमा गएर उभिएको एक स्थानीयले देखेको बताएपछि प्रहरीले खोजी थाल्यो । प्रहरीले अनुसन्धान गर्ने क्रममा डुब्लिकेट चाबी मगाएर पुलनजिकै रोकी राखिएको स्कुटरको डिक्की खोलेर हेर्‍यो, त्यहाँ ढुंगाले लेखेको नोट भेटियो ।

उक्त नोटमा उनले ऋणको ब्याच तिर्न नसकेर आफुले यो कदम चाल्नुपरेको लेखेका थिए ।

उनले श्रीमती, छोराछोरी, ससुरालीका नाममा नोट लेखेका थिए । नोटमा बाहिरी मानिसको व्यावसायिक टर्चरले घर छोडेर हिँड्न बाध्य भएको उल्लेख गरेका छन् । मिटर ब्याज तिर्न नसकेका कारण सेती नदीमा हाम फालेको हुन सक्ने अनुमान गरिएको छ । ढुंगानाले नाम किटेर माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरेजस्ता साहुका कारण आˆनो जीवन असहज बनेको नोटमा लेखेका छन् ।

‘म आर्थिक समस्यामा परेको छु । माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता धेरै साहुहरुसँग कारोबार गर्नाले १०० कडा ५०, ६०, ८० प्रतिशतसम्म ब्याज असुली गर्दै आएका थिए । यिनीहरु जस्ताले गर्दा मेरो यो हालत भयो । कोही कसैले चेक देखाएर धम्काउन मिल्दैन । किनकी सबैले मबाट डबल त्रिपल गरी असुल उपर गरिसकेका छन्’ उनले नोटमा लेखेका छन्, ‘दुई तीन गुण असुली गर्नेहरुले गर्दा समाजमा म जस्ता धेरैको जीवन असहज बन्दै गइरहेको छ ।’

ढुंगानाले आफूले धेरै संघर्ष गर्न नसके पनि श्रीमतीमा पनि त्यो क्षमता देखेको नोटमा लेखेका छन् । ‘बाँकी जीवन छोरा र छोरीको जिम्मेवारी सम्हाल्दै र मैले गरेका गल्तीप्रति असहजताको समय गुजार्दै जानुपर्ने हुनाले त्यसप्रति माफी चाहन्छु । माफ गरिदेऊ’ उनले नोटमा लेखेका छन्, ‘मैले तिमीलाई कहिल्यै सुख दिन सकिनँ, त्यसप्रति क्षमा माग्दै छु । सानु छोरा र छोरीलाई तिम्रो जिम्मामा छाडेको छु । उही तिमीलाई दुःखी बनाउने फरिन्ऽ ढुंगाना, अलविदा ।’

नोटमा उनले श्रीमती, छोराछोरीको ख्याल राख्न ससुराली पक्षलाई आग्रह समेत गरेका छन् ।

स्कुटरमा सुसाइट नोट भेटिनु, एक स्थानीयले पुलमा उभिएको दुख्नु, छिनमै हराउनु र ठाउँमा हेर्दा घाँस माडारिएको देखिनुले सेती नदीमै हाम फालेको हुनसक्ने इलाका प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर दीपकबहादुर केसीले बताए ।

‘सेती नदीमै हाम फालेको हुन सक्ने अनुमानसहित आइतबार सेती नदी चोर साँघुमा रेस्क्यु टोलीसहित खोजी गर्‍र्यौं,’ केसीले भने, ‘तर, भेट्न सकेनौं ।’

सेदी नदीमा हाम फालेको अनुमान गरिए पनि एकिन नभएकाले अनुसन्धान तथा खोजी कार्य जारी रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए । ‘भेटिएका केही तथ्यले हाम फालेको हुन सक्ने अनुमान गरिएको भए पनि यसै भन्न सकिन्न । अनुसन्धान भइरहेको छ,’ इन्स्पेक्टर गुरुङले भने, ‘उनले नाम किटेका व्यक्तिहरुमाथि उनी मिटर व्याजसम्बन्धी अनुसन्धान गर्दैछौं ।’

मिटर ब्याजको जाहेरी पर्दैन

चाँडै धनी बन्ने र विलासी जीवनशैली अँगाल्ने चाहनामा ‘मिटर ब्याज’ मा लगाउने र अप्ठ्यारो पर्दा लिएर तिर्न नसक्दा चौपट भएका थुप्रै उदाहरण बाहिर आइरहन्छन् । सामान्यभन्दा बढी प्रतिशतसम्म ब्याज पाउने लोभ र चर्को ब्याजको रकम लिएरै भए पनि काम चलाउने व्यक्ति दुबै यस्तो घटनामा फस्छन् ।

केही समयअघि कास्की प्रहरी विभिन्न गुन्डागर्दीमा संलग्न रहेको भन्दै १५ जनालाई समातेको थियो । त्यसमध्ये १० जना जति मिटर ब्याजमा संलग्न रहेको प्रवक्ता गुरुङ बताउँछन् । चिप्लेढुंगामा फेसन कलेक्सन चलाइरहेका एक युवा मिटर ब्याज तिर्न नसकेकै कारण बेपत्ता भएको घटना बाहिर आएको थियो भने अर्का एक होटल व्यवसायी पनि यसरी नै बेपत्ता भएको घटना बाहिर आएको थियो ।

मिटर ब्याज अबैधानिक भएकाले लगाउनु र लिनु दुवै दोषी हुन्छन् । थुप्रै घटना बाहिर आए पनि प्रहरीमा मिटरका ब्याजका कुनै उजुरी नपर्ने गुरुङले बताए ।

घरजग्गा धितो राखी बैंकबाट ऋण लिएरसमेत मिटरब्याज र ढुकुटीमा कारोबार गर्ने पोखरामै साधारण सब्जी पसलेदेखि धनाढ्यसम्म रहेको बताइन्छ । ढुकुटी खेलाउने र चर्को ब्याज दिन्छु भन्दै ऋण लिनेहरू रकम लिएर भागेपछि पछुताउँछन् । मिटर ब्याजको कुनै लिखत प्रमाण हुँदैन, सबै कारोबार नगदमा हुने भएकाले कारबाही गर्नसमेत प्रहरीलाई समस्या पर्ने प्रवक्ता गुरुङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment