+
+
Shares

निर्मला पन्त मृत्यु प्रकरणः फेसबुकमा जथाभावी पोष्ट गर्ने सापकोटा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १६ गते १९:०४

१७ साउन, काठमाडौं । कञ्चनपुरको भिमदत्त–२ मा रहस्यमय मृत्यु भएकी १३ वर्षीय बालिका निर्मला पन्तको प्रकरणमा सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्राप्ती भनिने एञ्जिला सापकोटा छिन् । पन्तको बलात्कारपछि हत्या गरेर उखुबारीमा शव फालिएको भन्दै स्थानीयले अारोप लगाउँदै अाएका छन् ।

घटना अनुसन्धानकै क्रममा रहेका वेला सापकोटाले ‘यिनै हुन् १४ वर्षीय बालिबालाई जबरजस्तीकरणी गरी बलात्कार गरेर हत्या गर्ने प्रहरी.. सक्दो शेयर गर्नु होला’ भनेर भ्रामण सामग्री पोष्ट गरेकी थिइन् ।

उनको पोष्टपछि सामाजिक सञ्जालमा गलत तथ्य भाइरल हुन पुगेको थियो । र, सीआईबीले उनलाई विद्युतीय कारोबार ऐन अन्तरगत पक्राउ गरेको जनाएको छ ।

सीआईबीका एसपी कृष्णहरि शर्माका अनुसार सापकोटालाई जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

हाल घटनाको अनुसन्धान गर्न सीआईबीका डिएसपी अंकुर जिसीको नेतृत्वमा प्रहरी टोली पनि कञ्चनपुरमा खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?