Comments Add Comment

नेपाल दबावमा, लगातार तीन विकेट गुमायो

१६ साउन, काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा राम्रो सुरुवात गरेको नेपालले लगातार ३ विकेट गुमाएको छ ।

नेपालको सुरुवात राम्रो थियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । साह व्यक्तिगत २१ रनमा आउट भए ।

कप्तान पारस खड्का र मल्लले पारी सम्हाल्ने अपेक्षा थियो । तर, १८ औं ओभरको दोस्रो बलमा मल्ल आउट हुन पुगे । मल्ल ५१ रन जाडेर आउट भए ।

१९ औं ओभरमा नेपालल तीन बलको बीचमा पारस खड्का र आरिफ शेखलाई गुमाएको छ ।

नेपालसँग ६ विकेट बाँकी छ । नेदरल्याण्ड्सले १९० रनको लक्ष्य दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment