Comments Add Comment

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम झण्डै २१ करोड

१७ साउन, काठमाडौं । सेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । बुधबार २ दशमलव ५६ अंक अर्थात शून्य दशमलव २४ प्रतिशतले नेप्से परिसुचक ओरालो लागेको हो ।

बुधबार २ दशमलव ५६ प्रतिशतले ओरालो लागेर नेप्से परिसुचक ११९१ दशमलव ३१ अंकमा आइपुगेको छ । मंगलबार भने सेयर कारोबारमा केही सुधार देखिएको थियो ।

दिनभरमा २ हजार ९ सय ९२ वटा कारोबार हुँदा ६ लाख ७२ हजार ३ सय ६८ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम भने २० करोड ७९ लाख २१ हजार ४ सय ७० रुपैयाँको कारोबार भएको छ ।

बुधबार कारोबार रकमका आधारमा सानिमामाई हाइड्रोपावर देखिएको छ । यस कम्पनीको दिनभर ३ करोड २८ लाख ३२ हजार रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment